बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छिन्। हरेक वर्ष सार्वजनिक गरिने यस सूचीमा कमरले ९४.५२ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी हुन्।यो सूची व्यावसायिक कस्मेटिक सर्जनको म्यापिङ र परम्परागत ग्रीक गणितीय पद्दति ‘गोल्डेन रेसियो’को आधारमा तयार पारिन्छ, जसले अनुहारको सन्तुलन र प्राकृतिक आकर्षणलाई मापन गर्दछ।
सूचीमा दोस्रो स्थान हलिउड अभिनेत्री जेन्डायाले पाएकी छन् भने तेस्रो स्थान सुपरमोडल बेला हदिदको रहेको छ। अन्य शीर्ष स्थानमा बियोन्से, एरियाना ग्रान्डे, टेलर स्वीफ्ट, जोर्डन डन, किम कार्दसियन, दीपिका पादुकोण र होयोन जंग रहेका छन्।भारतबाट भने यस वर्ष सूचीमा दीपिका पादुकोण मात्र परेकी छन्।

यस प्रक्रियामा सहभागी चिकित्सक जुलियन डे सिल्भाका अनुसार, जोडी कमरको नाक र ओठको अनुपातले उनलाई सबैभन्दा नजिकको पूर्णतामा पुर्याएको थियो, जसले गर्दा उनी सूचीको शीर्ष स्थानमा रहेकी हुन्।