घामले डढेको अनुहार सुन्दर बनाउने घरेलु उपचार

सुन्दर अनुहार बनाउन हरेक मानिसको सपना हुन्छ । गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । घाममा डढेर छाला कालो हुनबाट बच्न निकै कठिन हुन्छ ।

खासमा मौसम बदलिएसँगै छालाको हेरचाह पनि बदल्नुपर्ने हुन्छ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।

अनुहार खुला हुने भएकोले घाममा डढेर छाला कालो हुने गर्छ । घाममा डड्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अपनाउन सकिन्छ ।

घामले डढेको हटाउनका लागि घरमा नै स्क्रब बनाउन आवश्यक सामग्री

काचों दुध, थोरै कागती को रस ,चामलको पिटो यो सबै मिलाउने र १०- १५ मिनेट अनुहारमा अथवा जहाँ घाम ले डढेको छ त्यस भाग मा राम्रोसँग मसाज गर्ने । मसाज पछि राम्रो सँग अनुहार धुने त्यस पछि अनुहारमा मोइस्चराइजर र सन्स्क्रीन लगाउने । यो स्क्रब हप्ता मा २ ९३ पटक सम्म प्रयोग गर्न सकिन्छ ।

सुन्दर र आकर्षक अनुहार सबैको चाहाना हुन्छ तर सुन्दर बनाउने भन्दैमा बजारमा पाइने जुन सुकै सामग्रीहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । हामीले चिकित्सकको सल्लाह वा आफ्नो छालाको प्रकार अनुरूप कस्मेटिकका सामानहरू प्रयोग गर्नु पर्छ ।

आफ्नो अनुहारको वा छालाको हेरचाह कसरी गर्ने ?

– बिहान उठिसकेपछि र बेलुका बाहिरबाट घर पुगिसकेपछि मज्जाले मुख धुनु पर्दछ ।

– आवश्यक र आफ्नो छालाको प्रकृति अनुसार मोइस्चराइजरले अनुहार मसाज गर्नु पर्दछ ।

– घरबाट बाहिर जाँदा वा घर मै बस्दा पनि २०३ पटक सम्म सनस्क्रिनको प्रयोग गर्ने ।

– आफ्नो छालाको प्रकृति हेरेर मेकअप गर्ने

– धेरै पानी पिउने

– खानपान र व्यायाम ध्यान दिने

– बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउने

– कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने

– सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने

– अनावश्यक रूपमा बाहिर घाममा नजाने

छाला गोरो बनाउन यी बाहेक काँक्रो, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । फलफूल खाँदा र लगाउँदा पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । तर कुनै पनि सामग्रीको प्रयोग गर्दा आफ्नो छाला को प्रकार हेरी मात्र प्रयोग गर्नु ।