पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास, केही सामान्य घाइते

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।नाराबाजीसहित भीड अनियन्त्रित हुन थालेपछि नियन्त्रणमा लिन त्यसो गरिएको प्रहरीले जनाएको छ । पानीको फोहोरा र अश्रुग्यास हानेपछि रास्वपाका कार्यकर्ताहरू अहिले तितरबितर भएका थिए ।अझै पनि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेका छैनन् ।