अस्ट्रेलियामा ब्रिजिङ भिसा आवेदनको संख्या ३ लाख २३ हजार पुग्यो

अस्ट्रेलियन फाइनान्स रिभ्यूको हालको रिपोर्ट अनुसार, अस्ट्रेलियामा ब्रिजिङ भिसा आवेदनको संख्या एक वर्षमा १ लाख ९१ हजार २३५ बाट ३ लाख २३ हजारमा पुगेको छ। यो वृद्धि आवेदकहरूले अस्ट्रेलियाको जटिल आप्रवासी प्रणालीसँग सामना गरिरहेको वास्तविकता दर्शाउँछ।

अस्ट्रेलियन सरकारले चार प्रकारका ब्रिजिङ भिसा प्रदान गर्छ, जसले व्यक्तिहरूलाई कानूनी रूपमा देशमा बस्न, काम गर्न, र केहि अवस्थामा आफ्नो गृह देशमा फर्किन अनुमति दिन्छ। यो वृद्धि गत वर्षको जुलाई १ देखि लागू गरिएका कडा आप्रवासी नीतिका कारणले भएको बताइएको छ। नीति परिवर्तनले धेरै संभावित विद्यार्थीहरूलाई नयाँ नियम लागू हुनु अघि आफ्नो स्थिति सुरक्षित गर्न ब्रिजिङ भिसाका लागि आवेदन दिन उत्प्रेरित गरेको देखिन्छ।

हालका केही रिपोर्टहरूले भिसा रद्द भएपछि धेरै विद्यार्थीहरूले प्रोक्टेशन भिसाका लागि आवेदन दिएका कारण ब्रिजिङ भिसाको संख्यामा वृद्धि भएको स्पष्ट पारेको छ। तथापि, आवेदनको संख्यामा बृद्धि भए पनि भिसा आवेदनको प्रक्रिया ढिलो भएको बारेमा बढ्दो गुनासो सुनिन्छ। धेरै आवेदकहरूले अनिश्चितताको अवस्थामा समय बिताइरहेका छन्, र कतिपय भने एक वर्षभन्दा बढी समयसम्म समाधानको प्रतीक्षामा छन्।

यो स्थिति अस्ट्रेलियन सरकारका लागि चुनौतीको रूपमा रहेको छ, र यसले भिसा प्रक्रिया छिटो बनाउनका लागि कुनै उपायहरू लागू गर्नुपर्ने आवश्यकता औंल्याउँछ।