अन्तर्राष्ट्रिय विद्यार्थीको कमीले (ANU)मा कर्मचारी कटौतीको प्रस्ताव

क्यानबेरा: अस्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU) ले अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या घट्दा २०२४ मा २०० मिलियन डलर घाटाको प्रक्षेपण गर्दै ठूलो संख्यामा कर्मचारी कटौतीको योजना बनाएको छ। विश्वविद्यालयले २०२५ सम्म थप घाटाको सम्भावना जनाउँदै २ लाख ७० हजार विद्यार्थी भिसामा सिमा लागेपछि यो निर्णय लिएको हो। विश्वविद्यालयले सन् २०२३ मा २०० मिलियन डलर घाटा व्यहोर्ने प्रक्षेपण गरेको छ भने यो घाटा सन् २०२५ सम्म बढ्ने संकेत गरेको छ।

ANU ले १५० मिलियन गैर-तलब खर्च कटौती र १०० मिलियन तलब खर्च घटाउने योजना सार्वजनिक गरेको छ। स्वास्थ्य तथा चिकित्सा कलेजबाट ५० भन्दा बढी कर्मचारीलाई कटौती गर्ने योजना छ भने अरू विभागमा पनि थप कटौती हुने अनुमान गरिएको छ। ANU का फाइनान्सियल अफिसर माइकल लोनरगन ले अन्तर्राष्ट्रिय विद्यार्थी घट्दा राजस्वमा असर परेको बताउँदै कटौती आवश्यक भएको जनाएका छन् साथै विद्यार्थीको कमीका कारण ५०% भन्दा बढी जागिर जोखिममा रहेको बताएका छन्।। सरकारले २०२५ मा मात्र २७०,००० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा जारी गर्ने निर्णय गरेपछि विश्वविद्यालयहरूले खर्च कटौतीको उपाय खोजिरहेका छन्।

सरकारको विद्यार्थी भिसामा सिमा लगाइएकाले विश्वविद्यालयहरूले कर्मचारी कटौती गर्दै दीर्घकालीन आर्थिक स्थिरताको खोजी गरिरहेका छन्। ANU मात्र नभई अस्ट्रेलियाका अन्य विश्वविद्यालयहरू पनि यस्तै निर्णय गर्न थालेका छन्।