तामाको भाँडामा पानी राखेर पिउदा के के हुन्छन् त फाइदा?

एजेन्सी । हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ । दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ ।

धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएको छ । आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ । हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन्;

तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाइ कम गर्न रामवाण सिद्ध हुन्छ । तामाको भाडामा राखेको पानीमा घुलेको तामा तत्वले शरीरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाइराइडको समस्या उत्पन्न हुन दिँदैन ।

तामाको भाँडोमा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा धेरै ग्यास उत्पन्न हुने समस्याबाट छुटकारा मिल्दछ र पाचन क्रिया पनि सुध्रिन्छ । तामाको भाँडामा कम्तिमा पनि ८ घण्टासम्म राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जस्ता समस्या कम हुन्छन् ।

तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।

तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले सरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ । शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।

तामाको भाँडामा राखेको पानीमा ब्याक्टेरिया प्रतिरोधी गुण पाइन्छ । जसले पानीमा भएका जिवाणु नष्ट गर्दछ । त्यसैले तामाको भाँडोमा राखेको पानी पिउनाले कमलपित्त, आउँ जस्ता रोगको खतरा कम गर्दछ । तामाको भाँडामा राखेको पानीमा पाइने लवणका कारण कपाल झर्ने समस्या पनि कम हुन्छ ।