राजस्थान र कोलकाता ले आइतबार राती गुहाटिमा तय भयेको खेल बर्षा को कारणले दुबै टिमले १/१ अंक बाडेका हुन् ।अन्तिम खेलको नतिजाले लिग चरणमा दोस्रो र तेस्रो हुने टोलीको टुंगो लागेको छ । अंक बाँडेपछि राजस्थान नेट रनरेटले हैदराबाद भन्दा पछि पर्दै तेस्रो स्थानमा रह्यो भने राजस्थानले दोस्रो स्थान कायम गर्यो ।
कोलकाताको शीर्ष स्थान र बेंगलुरुको चौथो स्थान भने यसअघि नै पक्का भइसकेको थियो ।
यो नतिजासँगै दोस्रो भएको हैदराबादले कोलकातासँग मंगलबार पहिलो क्वालिफायर खेल्ने भएको छ ।
तेस्रो भएको राजस्थानले चौथै हुँदै प्लेअफमा पुगेको बेंगलुरुसँग एलिमिनेटर खेल्नेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।





