अस्ट्रेलियाको राजदूतका लागि चित्रलेखा यादवको नाम सिफारिस

नेपाली कांग्रेसले पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउने तयारी गरिरहेको छ। सत्ता गठबन्धनभित्र राजदूतको पद बाँडफाँड गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेको थियो। यसका लागि कांग्रेसले संवैधानिक परिषद्बाट निर्णय गर्न प्रधानमन्त्रीसमक्ष यादवको नाम सिफारिस गरेको छ।

यसअघि कांग्रेसकै तर्फबाट कान्ता रिजाललाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरिएको थियो। तर, रिजालसँग सम्बन्धित केही समस्याका कारण उनको नाम संसदीय समितिमा सुनुवाइका लागि पठाइएको थिएन। इजरायलको राजदूतको रुपमा रहेकी रिजालले एक सहयोगीलाई स्वदेश नफर्काएको उजुरी परेपछि उनको नाम फिर्ता लिइएको थियो।

हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका चित्रलेखा यादवले आफू राजदूतका लागि सिफारिस भएको जानकारी प्राप्त भएको पुष्टि गरेकी छिन्।