अन्तरिक्षमा खाना डेलिभरी

अहिलेसम्म तपाईंले ५-१०-१५ किलोमिटर टाढासम्मका लागि त खानाको अर्डर  गर्नु भएको होला । तर अन्तरिक्ष यान सयौं किलोमिटर टाढा, त्यो पनि पृथ्वीमा होइन, अन्तरिक्षमा खानाको डेलिभरीका लागि गएको छ।  वास्तवमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा फसेका नासाका दुई अन्तरिक्ष यात्री सुनिता विलियम्स  र बेरी विल्मरका लागि जरुरी सामानको डेलिभरी यसैगरी गरिएको हो । बुधबार अर्थात् १४ अगस्टका दिन कजाखस्थानको बैकोनुर कसमडरोमबाट सोयुज रकेटमार्फत उडेको यो कार्गो स्पेस क्राफ्टमा खाना, इन्धन र आवश्यक अन्य सामानहरू राखिएको थियो । जसको जरुरत आईएसएसमा रहेका अन्तरिक्ष यात्रीहरूलाई थियो ।

नासाका अनुसार कार्गो अन्तरिक्षयान ६ महिनासम्म आईएसएसमै बस्नेछ । ५ जुनमा गए सुनिता र बेरी ८ दिनका लागि स्पेस स्टेसनमा गएका थिए । आईएसएस नजिकै पुग्न लाग्दा उनीहरू चढेर गएको स्टारलाइनरमा समस्या देखियो । यानको ५ ओटा थ्रष्टर बन्द भयो अनि हिलियम पनि सकियो ।२ महिनाभन्दा बढी समयदेखि दुवै आईएसएसमा फसेका छन् । यस्तोमा पृथ्वीमै सो यानमा देखिएको समस्या पहिचान गर्ने अनि अन्तरिक्षमा सोको समाधान गरेर गएकै यानमा उनीहरूलाई फर्काउन सकिने विकल्प छ । तर यसको लागि कति समय लाग्छ थाहा छैन । 

स्पेस एक्सको भर पर्दा समेत यी अन्तरिक्ष यात्री २०२५ को फेब्रुअरीसम्ममा मात्रै पृथ्वीमा फर्किन पाउने छन् । साथै धेरै समयसम्म अन्तरिक्षमा रहँदा उनीहरूको शरीरमा प्रतिकूल असर पर्न सक्ने जोखिम पनि उत्तिकै छ । त्यसैले अहिले नासाले दुवै अन्तरिक्ष यात्रीहरूको नियमित स्वास्थ्य जाँच गरिरहेको छ ।