सिड्नीमा रहेका नेपाली विद्यार्थी राजु केसीको ब्रेन क्यान्सर उपचारका लागि परिवारको सार्वजनिक अपिल

बागलुङ नगरपालिका २ निवासी ४० वर्षीय राजु केसी, जो उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया आएका थिए, उनीलाई ब्रेन क्यान्सर भएपछि उपचारमा सघाउन परिवारजनले सार्वजनिक अपिल गरेका छन्। राजुको उपचारका लागि ८० हजार अस्ट्रेलियन डलर भन्दा बढी खर्च लाग्ने भएकाले अष्ट्रेलिया, जापान, र नेपालमा फेसबुक, गोफण्डमी डटकम मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको छ।

राजु, नेपालमा रहँदा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेर मानवीय सेवामा योगदान पुर्‍याउँदै आएका थिए। अक्टोबर ५, २०२२ मा अचानक बोल्न असमर्थ भएपछि गरिएको परीक्षणमा उनलाई ब्रेन ट्युमर भएको पुष्टि भएको थियो। शल्यक्रिया सफल भए तापनि, केही समयपछि राजुलाई स्टेज IV ग्लियोमा ब्रेन क्यान्सर भएको पत्ता लाग्यो।

हाल राजुको उपचार सिड्नीको क्रिस ओ’ब्रायन लाइफहाउस क्यान्सर अस्पतालमा भइरहेको छ। महँगो उपचारका कारण बिमा रकमले सम्पूर्ण खर्च कभर नगर्ने भएकाले, राजुकी धर्मपत्नी उषा पाठक केसीले अष्ट्रेलिया, नेपाल लगायत विश्व भर रहनु भएका सबैजाना लाइ सहयोग गर्न अपिल गरेकी छन्। उषाले आफ्नो कामको समय घटाएर राजुको हेरचाहमा जुटेकी छन्, जसले गर्दा आर्थिक बोझ अझ बढेको छ।

सहयोग गर्न चाहनेहरूले कुमारी बैंक लिमिटेड, नेपालमा रहेको राम बहादुर केसीको खाता नम्बर 0150058018800001 मा रकम जम्मा गर्न सक्नुहुनेछ। साथै, गोफण्डमी डटकम मार्फत पनि सहयोग संकलन भइरहेको छ।