प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।प्रधानमन्त्री ओलीले आइतबार भारतका विदेश सचिव विक्रम मिश्रीमार्फत भारतीय समकक्षीलाई निमन्त्रणा दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भारतीय विदेश सचिव परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणमा आइतबार काठमाडौं आइपुगेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री ओलीसँग परराष्ट्र सचिव मिश्रीले शिष्टाचार भेट गरेका हुन् ।