9O9 IT अब Melbourne मा पनि

9O9 IT को Melbourne शाखाको औपचारिक उद्घाटन २ अगस्ट, शुक्रबार गरिएको छ। उक्त कार्यक्रममा NRNA Victoria राज्यका Former Vice President & Co-ordinator हरि खड्का ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो। उहाँले 9O9 IT का संस्थापक दानराज ढकालसँग संयुक्त रूपमा रिबन काटेर शाखाको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा दानराज ढकालले 9O9 IT को १० वर्षे सफल यात्राको अनुभव र उपलब्धिहरू बारे जानकारी दिनुभयो। उहाँले कम्पनीको प्रतिबद्धता र भविष्यका योजनाहरूलाई समेत प्रस्तुत गर्नु भएको थियो । Melbourne शाखाका Managing Director नितेश श्रेष्ठले सिड्नी र क्यानबेरामा 9O9 IT ले पाएको सफलतालाई उल्लेख गर्दै, Melbourne मा पनि उस्तै सफलता हासिल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

कार्यक्रमको सञ्चालन Melbourne शाखाका Chief Technical Officer मनीष थापाले गर्नुभएको थियो। प्रमुख अतिथि हरि खड्काले 9O9 IT लाई Melbourne मा स्वागत गर्दै, Melbourne का नेपाली विद्यार्थीहरूले यस प्रतिष्ठित संस्थाको अनुभव र सेवा सुविधाबाट विशेष फाइदा उठाउने आशा व्यक्त गर्नुभयो। Melbourne मा अब 9O9 IT को Job Ready Face-to-Face Class संचालन हुने भएको छ, जसको ठेगाना 108 /204-218 Dryburgh Street, North Melbourne, VIC 3051 मा रहेको छ। यो स्थान नेपाली विद्यार्थीहरूको लागि सजिलो पहुँचमा रहेको बताइएको छ, जसले उनीहरूको शैक्षिक तथा व्यावसायिक यात्रामा नयाँ अवसरहरू प्रदान गर्नेछ।

उद्घाटन कार्यक्रममा Melbourne का प्रतिष्ठित व्यवसायी, स्थानीय अगुवा, र 9O9 IT का पूर्व विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई विशेष र सफल बनाएको थियो।