नेपाली सोसाइटी अफ नर्दन तास्मेनिया (एनएसएनटि)ले आफ्नो छैटौँ साधारण सभा सम्पन्न गर्यो

नेपाली सोसाइटी अफ नर्दन तस्मानिया (NSNT) ले हालै तास्मानियाको लन्सेस्टनमा छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०१८ मा स्थापित, संस्थाले उत्तरी तस्मानियाको लन्सेस्टन  र नजिकैका क्षेत्रहरूमा नेपाली समुदायलाई सेवा प्रदान गर्दै आएको छ ।

२०२४/२५ को कार्यकालका लागि विद्यमान सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा रविसिंह विष्ट र उपाध्यक्षमा विवेक खनाल रहनेछन् । महासचिवमा राजन श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम रिमेल र सहसचिवमा स्वस्तिक पौडेल रहनेछन् । शंकर दाहालले जनसम्पर्क अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । अन्य सदस्यहरुमा वसन्त बिष्ट, राजीव पन्थी, रमेश सापकोटा, कलेन्द्र दशौदी, रोशन श्रेष्ठ, सरोज खनाल र पुकार बोहरा रहेका छन् ।

बैठकमा समाजले आफ्नो प्रयासमा सहयोग गर्नेहरूलाई मान्यता र सम्मान गरेको थियो। अघिल्लो वर्षको तुलनामा आर्थिक तथा सामाजिक रुपमा बलियो भएको संस्थाले जनाएको छ । NSNT ले देउसी भैलो, होली पर्व, साँस्कृतिक परेड, जुवा सम्बन्धी चेतनामुलक कार्यक्रम लगायत विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । उनीहरूले हरेक शनिबार साना बालबालिकालाई नेपाली सिकाउन एउटा भाषालय विद्यालय पनि सञ्चालन गर्दै आएका छन् ।