अष्ट्रेलियामा नयाँ राजदूत कान्ता रिजाल ,१८ देशका लागि नयाँ राजदूत सिफारिस 

अष्ट्रेलियाको मेलबर्नमा नेपाल सरकारले अस्ट्रेलियाका लागि वर्तमान राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाएर नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेसकी सदस्य तथा दिग्गज नेता गणेशप्रसाद रिजालकी छोरी कान्ता रिजाललाई अब नयाँ राजदूतको भूमिकामा मनोनयन भइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले अन्य १८ देशका लागि राजदूत तोकेको छ । भारतका लागि शंकर शर्मा राजदूतमा कायम रहनेछन् भने अमेरिकी राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस गरिएको छ । नयाँ राजदूतहरु यस प्रकार हुनेछन्:

  • चन्द्रप्रसाद घिमिरे युकेका लागि
  • कृष्णप्रसाद ओली चीनका लागि
  • जर्मनीका लागि शैल रुपाखेती
  • नरेश विक्रम ढकाल साउदी अरेबियाका लागि
  • इजरायलका लागि धनप्रसाद पण्डित
  • कपिलमान श्रेष्ठ दक्षिण अफ्रिकाका लागि
  • शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया
  • प्रकाशमणि पौडेल पोर्चुगल
  • रीता धिताल पाकिस्तानका लागि
  • सुनिल नेपाल स्पेनका लागि
  • मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना

यसका साथै चीनसहित पाँच देशका राजदूतलाई फिर्ता बोलाइएको छ । बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका २२ सचिवको सरुवा र प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ । नयाँ प्रदेश प्रमुखहरु यस प्रकार हुनेछन् ।

  • कर्णालीमा यज्ञराज जोशी,
  • लुम्बिनीमा कृष्णबहादुर घर्ती र बागमतीमा दीपकप्रसाद देवकोटा लाई चयन गरिएको छ ।