सिड्नीका Light rail कर्मचारीहरू अर्को हप्ता हड्तालमा जाने भएका छन्। जसले गर्दा ठूलो भिड र अवरोधहरू निम्त्याउन सक्नेछ। श्रमिक युनियनले आफ्नो इन्डस्ट्रियल Action लाई ramp up गर्ने निर्णय गरेपछि सबै भित्री सिडनी लाइट रेल लाइनहरू सोमबारदेखि शुक्रबार बिहान ८ बजेदेखि बिहान १० बजे र साँझ ४ बजेदेखि साँझ ६ बजेसम्म पिक घण्टामा रोकिनेछन्। यसको मुख्य कारण भनेको नै लाइट रेल कर्मचारीहरूको आफ्नो तलब सुविधा र उनीहरूलाई दिएको सर्तप्रति भएको असन्तुष्टि हो।
Light rail कर्मचारीहरू ले तलबमा वृद्धि र थप बिरामी बिदा लाई बढाउन माग गरेका छन्। उनीहरूले काम गर्ने transport कम्पनीले चार वर्षमा १८ प्रतिशत तलब वृद्धिको प्रस्ताव गरेको थियो। तर कर्मचारीहरूले २३%को माग गरेका छन्। ऊनीहरू भन्छन् कि जीवन यापनको लागत धेरै बढेको छ र थप बिरामी बिदा चाहिन्छ किनभने उनीहरूको कामको Schedule निकै टाइट रहेको बताएका छन्।
हड्तालको समयमा बसहरूले trams प्रतिस्थापन गर्नेछन् कम्पनीले यस समस्याको लागि माफी मागेको छ र मानिसहरूलाई अगाडि योजना गर्न वा यात्रा गर्न अन्य तरिकाहरू प्रयोग गर्न आग्रह गरेको छ। उनीहरुले action लेकाे यो पहिलोपटक भने होइन जुनमा उनीहरुले कम्पनीलाई दबाब दिनको लागि दिनभर सबै ट्रामहरु रोकेका थिए।
त्यसैगरी यात्रुलाई पर्न गएको असुविधा प्रति श्रमिक युनियन र कम्पनी दुबैले क्षमा याचना गर्दै समस्या समाधानका लागि पहल गरिरहेको बताएका छन्।
स्रोत :सेवेन न्युज