अस्ट्रेलियामा बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ। यो भन्दा अगाडि मे महिनामा बेरोजगारी दर ४% रहेको अस्ट्रेलियन ब्युरो अफिस स्टाटिक्सले बिहिबार प्रकाशित गरेको तथ्याङ्कले देखाएको छ।
प्रकाशित गरिएको तथ्याङ्कअनुसार गत मे जुन महिनाको बीचमा कार्यरत अस्ट्रेलियालीको संख्या ५०,२००ले बढेको थियो।
सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि ९७००ले बढ्दा बेरोजगारी दर वृद्धि भएको हो।
त्यसैगरी रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या ५०,२०० ले बढेको छ जबकि बेरोजगारी अस्ट्रेलियाहरूको संख्या पनि ७,७००ले बढेको छ। जसले बेरोजगारी दरक वृद्धि गरेको छ।
एबिस डाटा अनुसार जुनमा ६ लाख आठ हजार दुई सय बेरोजगारी व्यक्तिहरू सक्रिय रुपमा काम खोजिरहेका थिए।
एबिएसका प्रमुख श्रम तथ्यांकविद जार्विसले अक्टोबर २०२२ को तुलनामा ४ लाख १० हजार बढी बेरोजगार व्यक्तिहरू थिए जुन कोभिड १९ महामारीको चरम सीमादेखि सुधार भएतापनि एकदमै वृद्धि भएको बताए।