आर्थिक वर्ष २०८०र८१ मा सात लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा केही कम हो, जहाँ २०७९र८० मा सात लाख १३ हजार पाँच सय ९७ स्वीकृति दिइएको थियो ।
असारसहित सबै तथ्यांक संकलन गर्न काम भइरहेका कारण विदेशीनेको संख्या थपघट भएर आउनसक्ने विभागले जनाएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ जना र मंसिरमा ६८ हजार २ सय १ जना वैदेशिक रोजगारीमा गएका थिए।
यस्तै, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७ जना र जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।
यसैगरी वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार युवाले विदेश जान श्रमस्वीकृति जारी भएको थियो। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए।
उनका अनुसार देशभित्र रोजगारी सिर्जना, स्वदेशमा केही गर्ने नेपालीको संख्या बढेका कारण पनि बिदेशिने युवाको संख्या गत आर्थिक बर्षमा घटेको हो। तथ्याक संकलन गर्ने काम भइरहेका कारण केही संख्या बढेर आउने उनको भनाइ छ।