यतिखेर दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा धम्माका मचाइरहेको छ। नाग अश्विनद्वारा निर्देशित उक्त फिल्मले ११ दिनमा नै विश्वभरिबाट ८३२ करोड भारु कमाएको छ। यसै बीच प्रभासको नयाँ फिल्मको खबर पनि बाहिरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी सन्दिप रेडी वाङ्गाको निर्देशन रहने फिल्म स्पिरिटमा देखिँदैछन्। यस फिल्ममा दक्षिण कोरियाका अभिनेता डोङ सियोक भिलेनको रुपमा प्रस्तुत हुनेछन्। उनी कोरियन फिल्म क्षेत्रमा डनलीको नामले निकै परिचित छन्।
उनले ट्रेन टु बुसान , मार्बल युनिभर्सको ‘इन्टर्नल्स ‘ द आउटलज जस्ता फिल्ममा अभिनय गरिसकेका छन्। त्यसैगरी फिल्ममा रश्मिका मन्दनाको पनि मुख्य भूमिका रहनेछ।






