PropTrack rental report अनुसार, एकदसकअगाडी पर्थ मा बसोबास गर्नलाई सबै भन्दा सस्तो स्टेट मा पर्ने गर्दथियो तर अहिले देशको दोस्रो महँगो घर भाडा भएको सहर बनेको छ छ। Rental properties को कमीका कारण, गत वर्षमा Perth को भाडा 18% ले वृद्धि भएको छ। जूनमा Perth को median rent $650 प्रति हप्ता पुगेको छ जुन्चाई Sydney को $740 भन्दा केहि तल हो ।

राष्ट्रिय स्तरमा, राजधानी शहरहरूको औसत भाडा 10.3% ले बढेर $640 प्रति हप्ता पुगेको छ, जबकि क्षेत्रीय भाडा 8% ले बढेर $540 पुगेको छ। गत तीन महिनामा Adelaide मा भाडा सबैभन्दा चाँडो 3.6% ले वृद्धि भएको छ, Brisbane मा 3.3% र Perth मा 3.2% ले। Hobart र Darwin मात्र त्यस्ता शहर हुन् जसको यस अवधि मा पनि घर भाडामा गिरावट देखिएको छ ।

२०२० मा COVID महामारी सुरु भएदेखि, Australia भरि घरको मूल्यहरू 35% भन्दा बढीले वृद्धि भएका छन्। CoreLogic को एक अलग रिपोर्टले Australia को “multi-speed” housing market लाई औंल्याएको छ। सुरुवाती मूल्य आधार, Home-building rates, First-home buyer grants, र Interstate migration trends जस्ता कारकहरूले विभिन्न क्षेत्रहरूमा मूल्य वृद्धिलाई प्रभावित गरेका छन्। यो आउने महिनाहरूमा जारी रहने अपेक्षा गरिएको छ। यसैगरी, विभिन्न क्षेत्रहरूमा भाडा वृद्धिका विभिन्न कारणहरू रहेका छन्, जसले होमबिल्डिङ दर, राष्ट्रिय अंतराष्ट्रिय माइग्रेशन आदि रहेको बताएका छन् ।






