अस्ट्रेलियामा विदेशबाट दक्ष कामदार ल्याउन खोजिरहेका रोजगारदाताहरूले अब भिसा प्रक्रियामा लामो पर्खाइ सामना गर्नुपर्ने भएको छ। सरकारले Skilled तथा Employer-Sponsored Visa को processing priority परिवर्तन गरेसँगै नर्स, शिक्षकसहित विभिन्न पेशाका offshore applicants सबैभन्दा तल्लो प्राथमिकतामा परेका छन्।
Home Affairs Minister Tony Burke ले जारी गरेको Ministerial Direction 119 २५ जुलाई २०२६ देखि लागू भएको हो। नयाँ व्यवस्थाअनुसार आवेदनको प्राथमिकता पेशासँगै आवेदक आवेदन दिने समयमा अस्ट्रेलियाभित्र छन् वा बाहिर भन्ने आधारमा निर्धारण हुन्छ।
नयाँ पाँच तहको प्राथमिकतामा अस्ट्रेलियाभित्र रहेका defence तथा law-enforcement सम्बन्धी आवेदक पहिलो स्थानमा छन्। विदेशमा रहेका सोही क्षेत्रका आवेदक दोस्रो, अस्ट्रेलियाभित्र रहेका construction, healthcare र teaching क्षेत्रका आवेदक तेस्रो तथा अन्य onshore skilled applicants चौथो स्थानमा छन्। Defence वा law-enforcement बाहेक विदेशबाट आवेदन दिने अन्य skilled workers पाँचौँ अर्थात् अन्तिम प्राथमिकतामा राखिएका छन्।
यसको प्रभाव स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत पर्न सक्ने देखिएको छ। अस्ट्रेलियामा नर्स वा शिक्षकको अभाव पूर्ति गर्न विदेशबाट कामदार ल्याउन चाहने रोजगारदाताले अब onshore applications अघि बढेसम्म बढी समय कुर्नुपर्ने हुन सक्छ। सरकारी तथ्यांकअनुसार जुन २०२६ मा permanent skilled visa को median processing time नै ११ महिना रहेको थियो।
व्यावसायिक समूहहरूले यस्तो प्राथमिकताले दक्ष जनशक्ति आवश्यक भएका उद्योगमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। Australian Industry Group र Australian Chamber of Commerce and Industry ले विदेशबाट आवश्यक skilled workers ल्याउने प्रक्रिया ढिलो हुँदा workforce shortage थप जटिल बन्न सक्ने बताएका छन्।
सरकारले भने अस्ट्रेलियाभित्रै बसोबास र काम गरिरहेका migrant workers लाई permanent residency तर्फ छिटो अघि बढाउँदा नयाँ overseas arrivals कम गर्न र Net Overseas Migration नियन्त्रण गर्न सहयोग पुग्ने बताएको छ। ABC का अनुसार पछिल्लो नीतिले अस्ट्रेलियाभित्र रहेका आवेदकलाई प्राथमिकता दिँदै विदेशबाट आउने नयाँ skilled migrants को प्रवेश गति घटाउने उद्देश्य राखेको छ।
नयाँ निर्देशनले subclass 186, 189, 190, 482, 491 र 494 लगायत विभिन्न skilled visa category लाई समेटेको छ। यद्यपि offshore skilled visa औपचारिक रूपमा बन्द वा रोकिएको भने होइन; ती आवेदन अहिले अन्य प्राथमिकता समूहभन्दा पछाडि process हुने व्यवस्था गरिएको हो।





