NSW राज्यमा सिटबिल्ट नलगाउने व्यक्तिहरूलाई मोबाइल फोन DETECTION क्यामेराद्वारा तुरुन्तै पत्ता लगाउन सकिने

यदि तपाईँ NSW राज्यमा गाडी चलाइराख्नुभएको छ भने तपाईँ होसियार हुनुहोला। किनभने सिटबिल्ट नलगाउने व्यक्तिहरूलाई मोबाइल फोन DETECTION क्यामेराले तुरुन्तै I CAPTURE गरेर तपाईलाई शुल्क लिन सक्छ MOBILE PHONE DECTION CAMERA मा सिटबेल्ट लगाएको अथवा नलगाएको पत्ता लगाउने लाइ जुलाई १ तरिख बाट लागु गरिसकेको छ ।

त्यसैगरी सवारी चालक हरु लाई $344 Fine र प्रत्येक SEAT BELT नलगाएका यात्रुहरु का लागि एक Demerit Point दिइन्छ, र यदि दुई वा बढी यात्रुहरू ले SEAT BELT नलगाइएको पाइएमा जरिवाना दोब्बर लगाइनेछ । यी Fines बाट उठाइएको पैसा Road Safety कार्यक्रमहरूमा पुन: लगानी गरिनेछ।
२०२३ मा, NSW मा भएका सडक दुर्घटनामा मृत्यु हुनेहरूको १५% ले Seatbelt नलगाएको फेला परेको थियो, RURAL AREA MAA यो समस्या अझ गम्भीर रहेको थियो जहाँ ८५% मृत्यु र ७६% गम्भीर चोटपटक Seatbelt नलगाएका कारण भए का थिए

सिट बेल्ट को प्रयोग ले सडक मा हुने भयानक दुर्घटना लाइ न्यूनीकरण गर्न मदत मिल्छ । MOBILE DECTEION CAMERA प्रयोग ले सडक दुर्घटनाबाट आफ्नो परिवार, प्रियजन को मृत्यु ले अघात पिडा हुने अवस्था लै घटाउन निकै धेरै मदत गर्ने गर्दछ ।

NSW Roads Minister John Graham ले उल्लेख गर्दै बताएका छन् ,Seatbelt ले दुर्घटनामा बाँच्ने सम्भावना दोब्बर बनाउँछ , दुर्घटना कम गर्नका लागि Seatbelt को पालना र नियम हरु को पालना गर्नु अत्यन्त जरुरि रहेको छ ।

Regional Transport Minister Jenny Aitchison ले ग्रामीण क्षेत्रमा Seatbelt को प्रयोगको महत्त्वलाई जोड दिँदै, त्यहाँका सडक को परिस्थितिहरू शहरको तुलनामा धेरै फरक हुने भएकाले Seatbelt को पालनालाई अनिवार्य ठानेका कि छिन ।