अष्ट्रेलियाको प्रमुख वैज्ञानिक संस्था, Commonwealth Scientific and Industrial Research Organisation (CSIRO) ले देशभर ३५० अनुसन्धानका पदहरू कटौती गर्ने निर्णय गरेको छ। संस्थाले सामना गरिरहेको वित्तीय संकट र बढ्दो खर्चका कारणCSIRO ले यो कदम चालेको हो।
CSIRO का प्रमुख कार्यकारी अधिकारी Doug Hilton ले यो निर्णयलाई आवश्यक तर कठिन कदम भनेर व्याख्या गरेका छन्।
Hilton का अनुसार, अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीलाई दीर्घकालसम्म चलायमान राख्नका लागि यी पद कटौती आवश्यक थिए।आगामी हप्ता कर्मचारीहरूसँग छलफल सुरु हुने छ।”
Doug Hilton ले भनेका छन् , “यी कठिन निर्णयहरू छन्, तर हामीले अष्ट्रेलिया र अष्ट्रेलियालीहरूको लागि महत्त्वपूर्ण चुनौतीहरूको समाधान गर्न यो कदमलाई उठाइएको हो।”

१८ महिना लामो एक पुनरावलोकनले CSIRO को अनुसन्धान क्षेत्रमा पुनरावलोकनको आवश्यकता देखाएको छ। यसले जलवायु प्रतिरोध क्षमता, सफा ऊर्जा र आधुनिक प्रविधिहरू जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा अझ बढी ध्यान दिनुपर्ने कुरा स्वीकार गरेको छ।
यस बाहेक संस्थाले केहि अनुसन्धान गतिविधिहरूलाई प्राथमिकता नदिने बताएको छ, जसमा CSIRO को प्रभाव कम छ।
CSIRO Staff Association ले यो निर्णयलाई “sad day” भन्दै आलोचना गरेको छ। Association का सचिव Susan Tonks ले भनिन्, “यो संस्थाको इतिहासमा भएका सबैभन्दा खराब कटौतीहरू मध्ये एक हो र यसले अष्ट्रेलियामा सार्वजनिक विज्ञानलाई ठूलो क्षति पुर्याउँछ।”
अष्ट्रेलियाका संघीय विज्ञान मन्त्री Tim Ayres ले भने, “पुनःसुधार आवश्यक छ ताकि पुराना प्रविधिहरू र अनुसन्धान प्राथमिकताहरू भविष्यको आवश्यकता पूरा गर्न सकून्।”
ACT का सासद David Pocock ले सरकारको आलोचना गर्दै भनेका छन् , “एक हजारभन्दा बढी क्यानबेरनहरूले CSIRO मा काम गर्छन् र तिनीहरूले कटौती र अनिश्चितताबाट जोगिन योग्य छन्। यदि हामी जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ता जस्ता ठूला चुनौतीहरूको सामना गर्न चाहन्छौं भने सरकारले वैज्ञानिक काममा लगानी गर्नै पर्छ।”
CSIRO का यी कटौतीहरू अष्ट्रेलियाका वैज्ञानिक क्षेत्रको लागि ठूलो चुनौती हुन्। सरकार र वैज्ञानिक समुदायले यसका दीर्घकालिक असरहरूको मूल्यांकन गर्नुपर्नेछ र सार्वजनिक विज्ञानमा पुनः लगानी गर्नको आवश्यकता छ।
यो संकट अष्ट्रेलियाको वैज्ञानिक भविष्य र नवप्रवर्तनका लागि महत्त्वपूर्ण मोड हो, र यसमा सरकारको भूमिका अझ महत्त्वपूर्ण बनिरहेको छ।





