ACT र South Australia मा Asbestos Sand Scare: आज दर्जनौं विद्यालय बन्द

अष्ट्रेलियाका क्यानबेरा र दक्षिण अष्ट्रेलियाका दर्जनौं विद्यालयहरू आज बन्द भएका छन्, जसको कारण Asbestos संग मिलेको बालुवाको पाइनु हो। गत हप्तामा Kmart र Target जस्ता प्रमुख खुद्रा विक्रेताबाट बेचेका play sand का केही उत्पादनहरूमा Asbestos को थोरै मात्रामा उपस्थिती पाइएको थियो। यस घटनाले विद्यालय क्षेत्रका स्वास्थ्य अधिकारीहरूको ध्यान आकर्षित गरेको छ, जसले विद्यार्थिहरू र शिक्षकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि कडा कदम चालिरहेका छन्।

spot_img

क्यानबेरामा, शिक्षा मन्त्री Yvette Berry ले बताएअनुसार,क्यानबेराका अधिकांश विद्यालयहरू आज बन्द रहनेछन्, र ती विद्यालयहरूको अडिट र जाँच कार्यको क्रममा ७१ विद्यालयहरू बन्द भएका छन्। यसैबीच, केवल २३ विद्यालयहरूलाई पुनः खोल्नका लागि सुरक्षित मानिएको छ।

मन्त्री बेरीलेभनेअनुसार प्रभावित विद्यालयहरूमा Asbestos जाँच र सफा गर्ने प्रक्रिया केही दिन लाग्न सक्छ।

“हामी यो सुनिश्चित गर्नका लागि कार्य गरिरहेका छौं कि विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य र सुरक्षा प्राथमिकता हो,” उनले थप गरिन्।

दक्षिण अष्ट्रेलियामा, १३० विद्यालयहरूमा Asbestos पाइएको बालुवा फेला परेको थियो, तर अधिकांश बालुवा सील गरेका अवस्थामा छन्।

८८ विद्यालयहरूमा sand सील गरिएको छ भने २० विद्यालयहरूमा खल्लो बालुवा(loose sand.) पाइएको छ, जसका कारण ती कक्षाहरूलाई सफा गर्नका लागी बन्द गरिएको छ। दक्षिण अष्ट्रेलियाका सरकारी अधिकारीहरूले अभिभावकहरूलाई आफ्ना विद्यालयबाट प्राप्त हुने जानकारीका लागि निगरानी राख्न आग्रह गरेका छन्।

अष्ट्रेलियाका उपभोक्ता र प्रतिस्पर्धा आयोग (ACCC) ले Kmart र Targe बाट बेचेका केही sand उत्पादहरूको Asbestos परीक्षण गरेको र यही कारणले गर्दा recall सार्वजनिक गरिएको हो।

सुरक्षा मापदण्डका अनुसार, उपभोक्ताहरूलाईDisposable gloves र mask प्रयोग गरेर sand उलाई दुग्ध-प्लास्टिक झोलामा राखेर सुरक्षित रूपमा नष्ट गर्न भनिएको छ।

यस घटनाले Asbestos को जोखिम र त्यसको नष्ट गर्ने प्रक्रिया महत्वपूर्ण भएको कुरा उजागर गरेको छ- विशेष गरी बालबालिकाका खेल सामग्रीहरूमा।

क्यानबेरासहित दक्षिण अष्ट्रेलियाका विद्यालयहरूले यी सामग्रीहरूको जाँच र सफा गर्ने कार्य तीव्र गतिमा गरिरहेका छन्, र सरकारद्वारा थप उपायहरू अवलम्बन गरिरएको छ।

यस बीच, अभिभावकहरूलाई पूर्ण सुरक्षा र स्वास्थ्य उपायहरू अपनाउन र आगामी घटनाक्रमको बारेमा अपडेट राख्न आग्रह गरिएको छ।