Christmasअगाडि अष्ट्रेलियामा Online Scam तीव्र, उपभोक्तामा उच्च सतर्कता

क्रिसमस नजिकिँदै जाँदा अष्ट्रेलियामा अनलाइन किनमेल र पार्सल डेलिभरीको भीड अत्यधिक बढेको छ। यही भीडको फाइदा उठाउँदै फर्जी SMS (Short Message Service), QR Code, र नकली Website मार्फत हुने स्क्याम उल्लेखनीय रूपमा बढिरहेको देखिएको छ।

सुरक्षा विज्ञका अनुसार प्रि-क्रिसमस अफर, उपहार किनमेल र Black Friday सेलका कारण धेरैले बारम्बार पार्सल कुरिरहने भएकाले स्क्यामरले वास्तविकजस्तै देखिने Link पठाएर उपभोक्तालाई झुक्याउने प्रयास गरिरहेका छन्। एक सुरक्षा अधिकृतका अनुसार “फर्जी मेसेज हेर्दा–नहेर्दै क्लिक हुन्छ, त्यो क्लिकबाटै ठूलो आर्थिक नोक्सान हुन सक्छ,” ।

अहिले विदेशबाट सामान अर्डर गर्ने, नेपाल–अष्ट्रेलिया बीच पार्सल कुरिरहने, वा Facebook Marketplace मा किनबेच गर्नेहरू सबै उच्च जोखिममा छन्। स्क्यामरहरूले आफूलाई ‘buyer’ भनेर Messenger मार्फत QR Code वा Link पठाउँछन्, जुन डेलिभरी सेवा जस्तै देखिने बनावटी Website मा लैजान्छ। त्यहाँ “भुक्तानी अनलाइन (Online) गर्नुपर्ने” झूटो प्रक्रिया देखाइन्छ, तर उद्देश्य भने उपभोक्ताको बैंक विवरण र व्यक्तिगत जानकारी चोरी गर्नु हुन्छ।

हाल QR Code स्क्यानमार्फत हुने ठगी पनि तीव्र बन्दै गएको छ। QR स्क्यान गरेपछि फोनमा खुल्ने बनावटी Page ले कार्ड नम्बर, Bank Login, एड्रेस वा शुल्क भुक्तानी माग्छ।

सुरक्षा अधिकारीहरू भन्छन्—
“डेलिभरी सेवाले कहिल्यै Text वा इमेल (Email) मार्फत बैंक विवरण माग्दैन। यस्तो माग देखिएमा त्यो स्क्याम (Scam) नै हुन्छ।”

यस्तै, ‘Dracula-Scheme’ नामक अन्तर्राष्ट्रिय स्क्याम अभियान पनि फेरि सक्रिय भएको पाइएको छ, जसमा अपराधीहरूले डेलिभरी सेवाको नक्कल गर्ने, Toolkit प्रयोग गरेर अत्यन्तै वास्तविकजस्तै Website बनाउँछन्।

यस वर्ष अष्ट्रेलियालीहरूले झन्डै 6.8 Billion Dollar अनलाइन खर्च गर्ने अनुमान छ। Tech Editor Shaun White का अनुसार, “AI (Artificial Intelligence) ले स्क्याम WebsiteOnline Ad यति वास्तविकजस्तै बनाइदिएको छ कि सामान्य प्रयोगकर्ताले छुट्याउन कठिन भइरहेको छ।” उनले URL ध्यानपूर्वक जाँच्न, PayPal वा Credit Card जस्ता सुरक्षित माध्यम प्रयोग गर्न, र आधिकारिक स्टोरमार्फत मात्र Order Confirmation हेर्न सुझाव दिएका छन्।

सुरक्षा निकायहरूका अनुसार यसबाट बच्नका लागी QR Code स्क्यान नगर्ने, फर्जी Link वा मेसेज नखोल्ने, आधिकारिक App वा Website बाट मात्र ट्र्याकिङ गर्ने, र अत्यन्तै सस्तो अफरमा शंका गर्ने गर्नुपर्छ।
विशेषज्ञहरुले भने अनुसार, “एक सेकेन्डको सावधानीले ठूलो आर्थिक क्षति बाट जोगिन सकिन्छ।”

spot_img