अस्ट्रेलियाका प्रमुख सुपरमार्केटहरूमा हजारौं खाद्य उत्पादनहरूमा खतरनाक ट्रान्स फ्याट्स (Trans fats) पाइएका छन्, जसले उपभोक्ताहरूलाई हृदय रोगको जोखिममा पुर्याउन सक्छ। तरल वनस्पति तेललाई ठोस fatsमा परिवर्तन गरेर बनाइने Trans fats :सामान्यतया सस्तो, फ्राइड र अत्यधिक प्रशोधन गरिएको खाद्य पदार्थहरूमा पाइन्छ। यी फ्याट्सको सानो मात्राले पनि हृदय आक्रमण, मस्तिष्कघात र premature मृत्युको जोखिमलाई बढाउँछ।
The George Institute for Global Health का अनुसन्धानकर्ताहरूले अस्ट्रेलियाका प्रमुख सुपरमार्केट चेनहरू जस्तै Woolworths, Coles, Aldi, IGA र Harris Farmका २८,००० खाद्य उत्पादनहरूको विश्लेषण गरेका थिए। यस विश्लेषणमा केवल चार उत्पादनहरूले मात्र Partially Hydrogenated तेलको उल्लेख गरेका छन् l
यस अध्ययन अनुसार, १८१ खाद्य उत्पादनहरूले World Health Organization (WHO) द्वारा निर्धारित ट्रान्स फ्याट्सको सीमा उल्लङ्घन गरेका छन्, र तीमध्ये ३०% भन्दा बढी उत्पादनहरूले खतरनाक ट्रान्स फ्याट्सको प्रयोग गरेका छन्। यसले दर्शाउँछ कि यस्ता पदार्थहरू अस्ट्रेलियामा प्रचलित छन्, जसले उपभोक्ताहरूलाई गम्भीर स्वास्थ्य जोखिममा पार्न सक्छ।
अस्ट्रेलियाको खाद्य लेबलिङ नियमको एक ठूलो खोट भनेको यो हो कि यसमा कम्पनीहरूलाई ट्रान्स फ्याट्सको समावेश वा Partially Hydrogenated तेलको स्पष्ट रूपमा उल्लेख गर्न आवश्यक पार्दैन। यसका कारण उपभोक्ताहरूलाई त्यस्ता खतरनाक सामग्रीहरूको बारेमा अनभिज्ञ राखिएको हुन्छ, जसकारण उनीहरूको स्वास्थ्यमा दीर्घकालिक असर पुर्याउन सक्छ।
अव यो अध्ययनले उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक स्वास्थ्यको संरक्षणका लागि अनिवार्य रूपमा कडा कदम चाल्न आह्वान गर्दछ। यदि अस्ट्रेलियामा यस्ता खतरनाक ट्रान्स फ्याट्सलाई नियन्त्रण नगर्ने हो भने, यसले हृदय रोगको समस्या झन् गम्भीर बनाउन सक्छ र देशको स्वास्थ्य प्रणालीमा ठूलो भार थप्न सक्छ।
अस्ट्रेलियामा हृदय रोग पहिले नै मृत्युको प्रमुख कारण बनेको छ । यसलाई ध्यानमा राख्दै, अनुसन्धानकर्ताहरूले सरकारलाई कडा कदम चाल्न आह्वान गरेका छन्। क्यानडा, डेनमार्क र बेलायत जस्ता देशहरूले यसबारे कडा नियम लागू गरेका छन्।

त्यस्तै सार्वजनिक स्वास्थ्यको संरक्षणका लागि, विशेषज्ञहरूले अस्ट्रेलियाका अधिकारीहरूलाई औद्योगिक ट्रान्स फ्याट्सलाई खाद्य उत्पादनहरूबाट पूर्ण रूपमा हटाउन अनिवार्य नियमावली लागू गर्न आग्रह गरेका छन्।





