अष्ट्रेलियामा नोभेम्बरको सबैभन्दा चिसो बिहान, ऐतिहासिक रुपमै न्यूनतम तापक्रम

अष्ट्रेलियाको दक्षिण-पूर्वमा आज बिहानको समयमा असामान्य चिसो मौसमको अनुभव गरिएको छ, जसले कतिपय स्थानहरूलाई ऐतिहासिक रूपमा सबैभन्दा चिसो नोभेम्बरको बिहानमा पुर्याएको छ। Victoria, New South Wales (NSW), South Australia, र Australian Capital Territory (ACT) का स्थानहरूमा आफ्नो सामान्य नोभेम्बर न्यूनतम तापक्रमभन्दा १० देखि १२ डिग्री तलको तापक्रम रहेको छ।

Weatherzone का अनुसार,”क्यानबेरामा आज बिहान -२.३ डिग्री सेल्सियस तापक्रम नापिएको थियो, जुन यस समयमा क्यानबेराको औसत तापक्रमभन्दा करिब १२ डिग्री तल हो lयो क्यानबेरामा अबसम्मको सबैभन्दा चिसो नोभेम्बरको बिहानको रेकर्ड हो, यसअघि १९६७ मा -१.८ डिग्री सेल्सियसको रेकर्ड थियो।”

यो चिसो मौसमले अष्ट्रेलियाको विभिन्न भागलाई आक्रान्त पारेको छ, जहाँको तापक्रम नोभेम्बर महिनाको लागि सामान्य न्यूनतम तापक्रमभन्दा निकै तल तापक्रम पुगेको छ। वेदरजोनका मौसम विज्ञ बेन डोमेनसिनो (Ben Domensino) ले पुष्टि गरेअनुसार -“न्यू साउथ वेल्सको मध्य-पश्चिमी समुदायहरू, अरेन्ज (Orange) र मड्जी (Mudgee) ले नयाँ रेकर्ड बनाएका छन्, जहा अरेन्जमा -२ डिग्री र मड्जीमा ०.१ डिग्री तापक्रम रहेको छ।”

Victoria वाङ्गाराट्टामा (Wangaratta) पनि -१.३ डिग्री सेल्सियसको नयाँ न्यूनतम तापक्रम नापिएको छ भने, दक्षिण अष्ट्रेलियाको रेनमार्क (Renmark) ले १.९ डिग्री सेल्सियस रेकर्ड गरेको छ। यसैगरी,Victoria को मिलड्युरा (Mildura): जहाँ सामान्यतया माइल्ड मौसम हुन्छ, यस वर्षको सबैभन्दा चिसो नोभेम्बर बिहानको अनुभव गर्दै १.६ डिग्री सेल्सियसको तापक्रममा पुग्यो।

यो चिसो फ्रन्ट (cold front), जुन सम्पूर्ण क्षेत्रमा फैलिएको छ,यसले क्षिण अष्ट्रेलियाको मौसमलाई एकदमै चिसो बनाएको छ।

डोमेनसिनो (Domensino) ले भने अनुसार , “यो हप्ता भरि असामान्य चिसो मौसम रहने सम्भावना छ यसले मध्य नोभेम्बरको तातो मौसम रोक्न मद्दत गर्नेछ।”

उनले पुन थपे“हामीलाई यस समयमा कुनै ठूलो गर्मीको लहरको आशा छैन lयी फ्रन्टहरूले दक्षिणी अष्ट्रेलियामा चिसो र आर्द्र मौसम ल्याउनेछन्।”

बासिन्दाहरूलाई थप चिसो मौसमको सामना गर्न तयारी रहन आग्रह गरिएको छ भने कतिपय स्थानहरूमा अबको केही हप्तासम्म थप चिसो र रातको समय मौसमको तापमान अझ तल जान सक्छ।

यो अप्रत्याशित चिसो मौसमले अष्ट्रेलियाको मौसमको अनिश्चित स्वभावलाई स्पष्ट रूपमा दर्शाउँछ, जसले मध्य-नोभेम्बरमा सर्दीको मौसमलाई फिर्ता ल्याएको छ।

spot_img