Melbourne मा वसन्त अन्त्यसँगै हिउँ र वर्षाको चेतावनी


Australia को Melbourne शहरमा आजको न्यानो मौसमपछि भोलिदेखि एक्कासी चिसो हावा र वर्षासँगै तापक्रममा करिब २० डिग्रीसम्मको गिरावट आउने भएको छ। वसन्त ऋतुको अन्त्यतिर पुग्दै गर्दा Melbourne फेरि जाडोको लहरमा प्रवेश गर्ने संकेत देखिएको छ।

मौसम विज्ञ Yashee Sharma का अनुसार, शुक्रबार Melbourne मा अधिकतम तापक्रम २८ डिग्री र ‘feels like’ तापक्रम करिब २५ डिग्रीमा सीमित थियो। तर Bureau of Meteorology (BoM) ले जानकारी दिएको अनुसार, शनिबार बिहानदेखि तापक्रम एक्कासी घट्दै अधिकतम १३ डिग्रीमा झर्ने र ‘feels like’ तापक्रम ५ डिग्रीसम्म मात्र रहने सम्भावना छ।

Weatherzone का अनुसार, भोलि दिनभर तापक्रम ८ डिग्रीभन्दा तल महसुस हुने अनुमान गरिएको छ। यो परिवर्तनको मुख्य कारण दक्षिण Australia बाट Victoria तर्फ सर्दै गरेको low-pressure system र त्यससँगै आउने cold front हो। यो system आज रातिसम्म Melbourne र आसपासका क्षेत्रमा पुग्ने र त्यसपछि चिसो हावा, लगातार वर्षा तथा तीव्र हावाहुरी ल्याउने सम्भावना छ।

मौसमविद्हरूका अनुसार, यसले Melbourne सहित Meredith, Winchelsea, Derrinallum, Skipton, Ballarat, Ocean Grove, Frankston, र Cowes जस्ता शहरहरूमा पनि चिसोको प्रभाव ल्याउनेछ। उक्त system शनिबार दिनभर सक्रिय रहँदै पूर्वतर्फ सर्दै Tasman Sea तर्फ पुग्नेछ।

BoM का अनुसार, यस cold front का कारण यसै साताको दोस्रोपटक Victorian Alps क्षेत्रमा हिउँ झर्ने सम्भावना रहेको छ। उच्च भूभागमा तापक्रम शून्य नजिक पुग्ने भएकाले स्थानीय बासिन्दा तथा यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ। Ballarat र आसपासका क्षेत्रमा पनि शनिबार बिहान हल्का हिउँका फोहराहरू देखिन सक्ने पूर्वानुमान गरिएको छ।

Melbourne मा आज साँझदेखि नै वर्षा सुरु हुने र आइतबार बेलुकी करिब ७ बजेसम्म निरन्तर पानी पर्ने सम्भावना छ। शनिबार बिहानदेखि दिउँसोसम्म वर्षा तीव्र हुने र हावाको वेग ५० किलोमिटर प्रति घण्टासम्म पुग्न सक्ने चेतावनी दिइएको छ। यस कारण BoM ले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र सुरक्षाका उपायहरू पालना गर्न आग्रह गरेको छ।

आइतबारदेखि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ, यद्यपि बिहानको तापक्रम अझै चिसो रहनेछ। बिहान ५ डिग्री महसुस हुने र दिउँसो अधिकतम १६ डिग्री पुग्ने सम्भावना छ। सोमबारदेखि क्रमशः मौसम स्थिर हुँदै बुधबारसम्म फेरि २० डिग्री आसपास पुग्ने अनुमान गरिएको छ।

Weatherzone का अनुसार, “Melbourne मा वसन्त ऋतुमा यस्ता तीव्र उतार–चढाव सामान्य हुन्। एक दिन अत्यधिक तातो र अर्को दिन एक्कासी चिसो हावा चल्ने यस शहरको मौसमी विशेषता हो।” गर्मीयाममा तापक्रम कहिलेकाहीँ ४० डिग्रीसम्म पुग्ने भए पनि चिसो हावा प्रवेश गरेपछि तापक्रम तीव्र रूपमा घट्ने गर्छ। त्यसैले जनवरी महिनाको औसत अधिकतम तापक्रम २६ डिग्री र जुलाई महिनाको औसत अधिकतम तापक्रम १३.५ डिग्री रहन्छ — जुन भोलिको मौसमसँग मिल्दोजुल्दो हुनेछ।

BoM का अनुसार, अधिकतम तापक्रम वायुमण्डलीय तापक्रमका आधारमा मापन गरिन्छ भने ‘feels like temperature’ भने वायुमण्डलीय तापक्रम, आर्द्रता, र हावाको गतिका संयोजनबाट निर्धारण गरिन्छ। तापक्रम १३ डिग्री भए पनि तीव्र हावा र कम आर्द्रताका कारण शरीरले त्यसलाई ५ डिग्रीको जस्तो महसुस गर्न सक्छ।

वसन्त ऋतुको अन्त्यसँगै Melbourne फेरि एकपटक चिसोको प्रभावमा आएको छ। वर्षा, हावाहुरी र हिउँको सम्भावना बढेसँगै Bureau of Meteorology (BoM) ले स्थानीय बासिन्दा र यात्रुहरूलाई सतर्क रहन, न्यानो कपडा लगाउन र मौसमको अद्यावधिक जानकारी लिएर यात्रा योजना बनाउन सुझाव दिएको छ।

spot_img