
Canberra को Nicholls Synthetic Soccer Field मा आयोजना हुने Samsara Premier League (SPL) 2025 को तयारी पूरा भइसकेका छ। प्रतियोगिताले नेपाली समुदायमा फुटबलप्रति उत्साह र एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। SPL 2025 नोभेम्बर 15 देखि सुरु हुँदैछ र मैदानमा छक्कापञ्जा, उत्कृष्ट गोल र रोमाञ्चक खेल क्षणहरूले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
यस वर्षको लिगमा 12 टोली प्रतिस्पर्धा गर्नेछन् —
Khukuri Canberra FC, Phuensum FC, Everest FC, Azhas FC, Thuenlam FC, Achos Football Team, Nepal United FC, Queanbeyan Nepalese United Football Club, JA Brothers Football Club, Unity Stars FC, CNFC Canberra र Druk FC।
यी टोलीमा अनुभवी खेलाडी र युवा प्रतिभाहरू समावेश छन्, जसले मैदानमा उच्च स्तरको प्रतिस्पर्धा र रोमाञ्चक खेल शैली देखाउनेछन्।
प्रतियोगिताको Title Sponsor SBA Property Group रहेको छ भने Platinum Sponsor का रूपमा GTM Facility Services रहेका छन्। त्यस्तै Silver Sponsors मा Nepali Haat Bazaar, Canberra Momo House, Dikshant Dhungel – Real Estate Agent, The Monkey Temple र Ooshman Gungahlin रहेका छन्।
Media & Creative Partners का रूपमा Fan Voice TV, Lensfusion Photo & Video, Goal Lens Photography, Lenscrafters Photography, Films Yaman र Crafts by Juna रहनेछन्। यसले सम्पूर्ण प्रतियोगितालाई उच्च गुणस्तरको कवरेज र डिजिटल पहुँच सुनिश्चित गर्नेछ।
SPL 2025 केवल खेल प्रतियोगिता मात्र नभई क्यानबेराको नेपाली समुदायलाई एकत्रित गर्ने सांस्कृतिक उत्सव पनि हो। आयोजकहरूले दर्शकहरूलाई मैदानमा उपस्थित भई मनपर्ने टोलीलाई समर्थन गर्न आग्रह गरेका छन्।
खेलप्रेमीहरूले यस अवसरमा मैदानमा आएर फुटबल मात्र होइन, साथी, परिवार र समुदायसँग मिलेर उत्सवको अनुभव गर्नेछन्। SPL 2025 ले Canberra मा नेपाली फुटबलको स्तर र पहिचान झन् प्रगाढ बनाउने विश्वास गरिएको छ।





