दसैँ टीकाको उत्तम शुभ साइत, कुन देशमा कति बजे ? (सूचीसहित)

spot_img

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । समितिका सभापति प्रा।डा। माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

    समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो । शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनु पर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।

    नेपालमा टीका लगाउने उत्तम साइत
    काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते (बिहान ११:५३) बजे निर्धारण गरिएको छ ।

    The current image has no alternative text. The file name is: da.jpg