
अष्ट्रेलियामा अक्टोबर महिनाले केही राज्य र क्षेत्रका बासिन्दालाई लामो सार्वजनिक बिदा (Public Holiday) दिनेछ भने अन्य राज्यका लागि भने सामान्य कार्यदिवसझैँ बित्ने भएको छ। अक्टोबर लामो सप्ताहान्त (October Long Weekend) देशका विभिन्न भागमा फरक–फरक कारण र नाममा मनाइने हुँदा यसले नागरिकको दैनिकी र योजना दुवैमा प्रत्यक्ष असर गर्ने देखिन्छ।
अक्टोबर लामो बिदा कहिले हुन्छ?
यस वर्षको अक्टोबर लामो बिदा शुक्रबार, अक्टोबर ३ देखि सोमबार, अक्टोबर ६ सम्म रहनेछ। यस अवधिमा कतिपय राज्यका नागरिकले लगातार तीन दिन काम–धन्दा छाडेर आराम र उत्सव मनाउने अवसर पाउनेछन्।
कुन–कुन राज्यमा विदा?
- न्यू साउथ वेल्स (NSW), दक्षिण अष्ट्रेलिया (South Australia) र अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) :
यी राज्य तथा क्षेत्रमा Labour Day सार्वजनिक बिदा सोमबार, अक्टोबर ६ मा तोकिएको छ। यस दिन यी राज्यका नागरिकहरूले श्रमिक दिवस (Labour Day) लाई सम्मान गर्नेछन्। - क्वीन्सल्यान्ड (Queensland) :
यहाँका बासिन्दाले पनि अक्टोबर ६ मा King’s Birthday सार्वजनिक विदा पाउनेछन्। अन्य राज्यमा यो दिन जुन महिनामा मनाइए पनि क्वीन्सल्यान्डले यसलाई अक्टोबरमा सारेको छ। - उत्तरी क्षेत्र (Northern Territory), तस्मानिया (Tasmania), भिक्टोरिया (Victoria) र पश्चिमी अष्ट्रेलिया (Western Australia) :
यी राज्यमा भने अक्टोबर महिनामा कुनै सार्वजनिक विदा पाउने छैनन्।
किन फरक पर्छ King’s Birthday को सार्वजनिक विदा?
क्वीन्सल्यान्डले King’s Birthday लाई अक्टोबरमा सार्ने निर्णय २०१५ मा पारित Holidays Act 1983 अन्तर्गत गरिएको थियो। यस परिवर्तनले वर्षभरि सार्वजनिक विदा समान रूपमा वितरण गर्ने उद्देश्य राखेको हो।
पश्चिमी अष्ट्रेलियाले पनि अन्य राज्यभन्दा फरक समयमै राजाको जन्मदिन मनाउने परम्परा राखेको छ। यहाँ उक्त विदा सामान्यतया सेप्टेम्बर मा पर्छ।
AFL ग्रान्ड फाइनल र विशेष विदा
भिक्टोरियामा अक्टोबर लामो बिदा नपाए पनि खेलकुद प्रेमीका लागि विशेष अवसर मिल्नेछ। AFL ग्रान्ड फाइनल को पूर्वसन्ध्यामा शुक्रबार, सेप्टेम्बर २६ का दिन सार्वजनिक विदा दिइनेछ।
यसपछि शनिबार, सेप्टेम्बर २७ मा मेलबर्न क्रिकेट ग्राउन्ड (MCG) मा विश्वभरको ध्यान आकर्षित गर्ने ठूलो खेल हुनेछ।
कसरी उपयोग गर्ने लामो बिदा?
न्यू साउथ वेल्स, दक्षिण अष्ट्रेलिया, ACT र क्वीन्सल्यान्डका बासिन्दाले वार्षिक विदा (annual leave) मिलाएर लामो आराम लिन सक्नेछन्।
यदि उनीहरूले अक्टोबर ४ देखि १२ सम्म ४ दिन वार्षिक विदा लिन सक्ने हो भने, कुल ९ दिन लगातार बिदा मनाउन सक्नेछन्। यसले परिवारसँग छुट्टी बिताउने, यात्रा गर्ने वा व्यक्तिगत काम पूरा गर्ने राम्रो अवसर दिनेछ।
विभिन्न राज्यमा फरक प्रभाव
- NSW, ACT र दक्षिण अष्ट्रेलिया : लामो बिदाले आन्तरिक पर्यटन र सांस्कृतिक कार्यक्रमहरूमा चहलपहल बढाउने अपेक्षा।
- क्वीन्सल्यान्ड : राजाको जन्मदिन विदासँगै सार्वजनिक कार्यक्रम र उत्सव हुने।
- भिक्टोरिया : AFL ग्रान्ड फाइनलकै वातावरणले विदा विशेष महत्त्व पाउने।
- NT, Tasmania, WA : सामान्य कार्यदिवस रहे पनि सेप्टेम्बर वा अन्य महिनामा उनीहरूलाई विदा पर्न सक्छ।
यसरी हेर्दा अष्ट्रेलियाको अक्टोबर लामो बिदा एकै देशभित्र पनि राज्यअनुसार फरक–फरक रूपमा मनाइन्छ। कतै श्रमिक दिवस, कतै राजाको जन्मदिन, त कतै खेलकुद कार्यक्रमसँग जोडिएको यो बिदा देशको विविधता र क्षेत्रीय विशेषतालाई झल्काउने उदाहरण बनेको छ।





