
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि नयाँ रेकर्डमा पुगेको छ। तोलामा १ हजार १०० रुपैयाँले बढ्दै २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि भदौ ३१ गते पनि यही मूल्य कायम भएको थियो।
उता, चाँदी भने तोलामा २ हजार ६२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।






