दक्षिण अष्ट्रेलियामा बालबालिकाको पढाइ सीप विकासका लागि लगानी

spot_img

एडिलेड । दक्षिण अष्ट्रेलियाका अभिभावक र बालबालिकाका लागि एक महत्वपूर्ण पहलका रूपमा “Words Grow Minds” नामक कार्यक्रमलाई थप multimillion-dollar investment उपलब्ध गराइएको छ। यस कार्यक्रमको उद्देश्य बालबालिकामा पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु, अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउनु र प्रारम्भिक शिक्षामा गुणस्तरीय सुधार ल्याउनु रहेको छ।

यो कार्यक्रम बालबालिकामा घट्दै गएको पढ्ने बानी सम्बोधन गर्न सुरु गरिएको हो। तथ्यांक अनुसार, बच्चाहरूको प्रारम्भिक उमेरमै पढ्ने संस्कृतिलाई विकास नगरे भविष्यमा उनीहरूको सिकाइ, सामाजिक क्षमता र सम्पूर्ण मानसिक विकासमा असर पर्ने प्रष्ट देखिएको छ।

गत दुई वर्षमा मात्रै करिब २१,००० resource packs अभिभावकलाई वितरण गरिएको छ। यी packs मा बालबालिकाका लागि उपयुक्त किताब, गतिविधि सामग्री, खेल–खेलमै सिकाउने विचारहरू लगायतका सामग्रीहरू रहेका छन्। अभिभावकहरूले यी स्रोतहरू प्रयोग गरेर आफ्ना बच्चामा पढ्ने बानी बसाल्न, भाषिक सीप विकास गर्न र सिकाइलाई रमाइलो बनाउन सक्ने व्यवस्था गरिएको छ।

शिक्षा मन्त्री Blair Boyer का अनुसार, नयाँ लगानीले यस कार्यक्रमलाई कम्तीमा पाँच वर्षसम्म निरन्तरता दिनेछ। उनले भने, “आज गरिएको प्रतिबद्धताले rural, regional र remote parts of the stateमा रहेका परिवारहरूलाई अझ ठूलो सहयोग पुर्‍याउनेछ। पुस्तक र स्रोत प्राप्त गर्न कठिनाइ हुने परिवारहरूलाई यसले प्रत्यक्ष लाभ दिनेछ।”

यसैबीच बालविकास विज्ञ Kate Ellis ले भने, “अभिभावकहरू थाकेका छन्, अभिभावकहरू तनावमा छन्। र कहिलेकाहीँ बच्चासँग कसरी अन्तर्क्रिया गर्न भन्ने सानो तरिका नै उनीहरूलाई ठूलो सहयोग पुग्छ।” उनले थपिन्, “Early childhood development अहिले मात्र होइन, दीर्घकालीन भविष्यका लागि निर्णायक हुन्छ। प्रमाणले देखाउँछ—आगाडि–पछाडिको अन्तर्क्रियाले साँच्चिकै नयाँ मस्तिष्कका भागहरू खुलाउन र बालबालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

अनुसन्धानहरूले पनि यो दृष्टिकोणलाई बल दिएको छ। तथ्यांकअनुसार, बच्चाको ९० प्रतिशत brain development पाँच वर्ष नपुग्दासम्म नै हुने गर्दछ। त्यसैले प्रारम्भिक उमेरमै पढ्ने, कुरा गर्ने र सक्रिय सहभागितामूलक गतिविधि गराउने अभ्यास बच्चाको सम्पूर्ण जीवनलाई दिशा दिन सक्षम हुन्छ।

कार्यक्रमले अभिभावकलाई आफ्ना बच्चासँग दैनिक routine मा पढ्ने बानीलाई जोड्न प्रोत्साहित गरेको छ। दिनमा कम्तीमा एउटा किताब पढ्ने अभ्यासलाई पनि ठूलो महत्व दिइएको छ। यस्ता अभ्यासहरूले केवल भाषिक सीप मात्र होइन, भावनात्मक सम्बन्ध र आत्मविश्वास पनि मजबुत बनाउने विशेषज्ञहरूको भनाइ छ।

यससँगै कार्यक्रमले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका अभिभावक र बालबालिकाको लागि पहुँच बढाउने रणनीति अपनाउनेछ। डिजिटल स्रोत र अनलाइन सामाग्रीमार्फत समेत बालबालिकालाई सजिलै पढ्ने वातावरण बनाउन लागिएको छ।

शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार, Words Grow Minds ले केवल पढ्ने संस्कृतिलाई जीवन्त बनाउने मात्र नभई, दक्षिण अष्ट्रेलियाको भविष्यलाई अझ शिक्षित, सक्षम र प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ।

यस बहुवर्षीय लगानीसँगै, दक्षिण अष्ट्रेलियामा बालबालिकाको पढाइ सीप विकासलाई राज्यको प्राथमिकतामा राखिएको स्पष्ट भएको छ। अभिभावक, विद्यालय र राज्यबीचको सहकार्यबाट यो अभियानले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

spot_img