ट्रम्प प्रशासनले इरानीलाई Costco मा किनमेल गर्न रोक लगाउने सम्भावना

spot_img

न्युयोर्क ।
ट्रम्प प्रशासनले यस महिना हुने संयुक्त राष्ट्रसंघ (UN) को उच्चस्तरीय बैठकलाई लक्षित गर्दै कडाइ गर्न थालेको छ। पहिले नै फिलिस्तिनी नेता महमुद अब्बास र उहाको टोलीलाई अमेरिका प्रवेश भिसा नदिएको प्रशासनले अब Iran, Sudan र Zimbabwe अप्रत्याशित रूपमा Braziसहितका अन्य देशका प्रतिनिधिमण्डललाई कडाइ गर्ने तयारी गरेको छ।

Costco मा किनमेलमा रोक्ने प्रस्ताव

अमेरिकी विदेश मन्त्रालयको आन्तरिक Memoका अनुसार, इरानी कूटनीतिज्ञहरूको न्युयोर्कमा आवतजावत पहिले नै सीमित गरिएको भए पनि अब Costco र Sam’s Club जस्ता सदस्यता-आधारित ठूला थोक पसलमा जाने अधिकारलाई पनि रोक लगाउने प्रस्ताव अघि सारिएको छ।
यी पसलहरू इरानी कूटनीतिज्ञका लागि लोकप्रिय गन्तव्य मानिन्छन्, जहाँ उनीहरूले ठूलो परिमाणमा सामान सस्तो मूल्यमा खरिद गरेर इरान पठाउने गर्थे। आर्थिक रूपमा एक्लिएको इरानमा उपलब्ध नभएका धेरै वस्तु त्यहाँ सजिलै पाउन सकिने भएकाले Costco जस्ता पसल विशेष रोजाइमा परेका थिए।

Memoका अनुसार, प्रस्ताव कार्यान्वयन भए इरानी कूटनीतिज्ञले त्यस्ता पसलमा किनमेल गर्न अमेरिकाको विदेश मन्त्रालयबाट पूर्व अनुमति लिनुपर्ने हुनेछ। साथै, अमेरिकी पक्षले सबै विदेशी कूटनीतिज्ञका लागि wholesale club सदस्यतामाथि शर्तसहितको नियम ल्याउने तयारी गरेको पनि उल्लेख छ।

अन्य देशहरूमाथि सम्भावित प्रभाव

यो कडाइको असर Iranसँगै Sudan, Zimbabwe र Brazilमा पर्ने बताइएको छ।Brazilको हकमा, यसले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा वा केवल तल्लो तहका प्रतिनिधिमण्डललाई मात्र प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन।
परम्पराअनुसार Brazilका राष्ट्रपति संयुक्त राष्ट्र महासभाको उद्घाटन दिन पहिलो वक्ता हुने गर्छन् भने अमेरिकी राष्ट्रपति दोस्रो वक्ता हुन्छन्। यसपटक पनि Lulaले उक्त परम्परा कायम गर्ने तयारी गरिरहेका छन्। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प Lula,सँग असन्तुष्ट छन्। उहाले लुला सरकारले आफ्ना मित्र पूर्व राष्ट्रपति जाइर बोल्सोनारोमाथि गरेको अभियोजनलाई अस्वीकार गर्दै आलोचना गर्दै आउनुभएको छ।

अन्य मुलुकहरूको अवस्था

Syriaलाई भने गत सातैदेखि कूटनीतिक आवागमनमा लागू भइरहेका दशक लामो प्रतिबन्धमा विशेष छुट दिइएको छ। गत वर्ष राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरिएपछि अमेरिका र सिरियाबीच सम्बन्ध सुधार्ने प्रयास स्वरूप यो छुट दिइएको मेमोमा उल्लेख छ।
सुडान र जिम्बाब्वेका प्रतिनिधिमण्डललाई भने के कस्तो प्रतिबन्ध लगाइने भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन।

ट्रम्प प्रशासनको यो प्रस्ताव कार्यान्वयन भए इरानी कूटनीतिज्ञहरूलाई Costco वा Sam’s Club जस्ता पसलमा सहज किनमेल गर्न नपाउने सम्भावना बलियो देखिएको छ। यससँगै अन्य मुलुकका प्रतिनिधिमण्डलमाथि पनि यात्रा तथा गतिविधि सीमित गर्ने नीतिले संयुक्त राष्ट्र महासभामा सहभागी हुने देशहरूको आवागमन र प्रभावमा प्रत्यक्ष असर गर्ने अनुमान गरिएको छ।

spot_img