
अस्ट्रेलियामा अहिले Labubu craze ले बजार नै तताएको छ। हङकङका कलाकार Kasing Lung द्वारा सिर्जना गरिएका यी अनौठा प्राणीहरू विश्वभरका शपिङ सेन्टरमा हाहाकार मच्चाइरहेका छन्। तर माग बढेसँगै नकली ‘Lafufus’ हरूको उत्पादन र बिक्री तीव्र गतिमा फैलिँदै गएको छ।
अस्ट्रेलियामा PopMart नामक चिनियाँ स्टोर Labubu को आधिकारिक retailer हो, जसका हालसम्म ११ शाखा भइसकेका छन्। नयाँ रिलीजबारे जानकारी WhatsApp मार्फत दिइन्छ र केही मिनेटमै शेल्फबाट गायब हुन्छन्। PopMart अहिले Barbie र Hello Kitty बनाउने कम्पनीभन्दा बढी मूल्यवान बनेको छ, जसको बजार मूल्य $87 billion भन्दा माथि पुगेको छ।
अत्यधिक माग र नक्कली उत्पादन
अस्ट्रेलियामा sneakers बेच्ने George Kozma ले सञ्चालना गरेको Waves store मा अहिले आधा भन्दा बढी कारोबार Labubu बाटै हुने गरेको छ। उनले भने, “एक समयमा मैले अर्डर रोक्न वेबसाइट नै बन्द गर्नुपरेको थियो।”
एक genuine Labubu को मूल्य करिब $35 पर्छ (collection अनुसार फरक हुन्छ) तर resellers ले यसको मूल्य दुई गुणाभन्दा बढी लिने गरेका छन्। यही कारणले गर्दा नकली ‘Lafufus’ हरूको बजार पनि चुलिँदो छ। Sydney को Paddy’s Markets मा त दिनको सयौँ यस्ता खेलौना बिक्री हुने गरेका छन्।
एक विक्रेताले भने “असली सामानका लागि यहाँ बारकोड छ र यो सिधै PopMart वेबसाइटमा जान्छ।”
तर अहिलेका नकली उत्पादनमा समेत QR code दिइने गरिएको छ जसले उपभोक्तालाई नक्कली PopMart वेबसाइटतर्फ लैजान्छ।

नकली उत्पादनको रणनीति
Marketing expert Peter Applebaum ले भने,“मानिसहरूले मूल्यवान् नक्कली उत्पादनहरू बनाउँछन्, यसको मूल उद्देश्य पैसा कमाउनु हो। तपाईंलाई नक्कली Rolex वा Louis Vuitton का ब्यागहरू सजिलै पाइन्छन्, रणनीति बिल्कुलै उस्तै हुन्छ।”
उनका अनुसार Labubu को सफलता blind box craze मा आधारित छ। PopMart ले अहिले ‘Cry Babies’ नामक अर्को viral character बजारमा ल्याउने तयारी गरेको छ। Applebaum का अनुसार TikTok जस्ता सामाजिक सञ्जालमा यसको virality ले यसलाई वर्षौंसम्म जीवित राख्न सक्छ।
Labubu को सामाजिक प्रभाव
Labubu केवल खेलौनामा मात्र सीमित छैन, अहिले यो सामाजिक जीवन र समारोहसम्म पनि प्रवेश गरिसकेको छ। Party planners Mary Ronis र Diana Jabbour ले हालै एक extravagant Labubu birthday party आयोजना गरेका थिए, जसमा 3D cake समेत बनाइएको थियो।
त्यसैगरी, केही वयस्कहरूले समेत Labubu थीममा पार्टी र यहाँसम्म कि proposal सम्म गरेका छन्। नौ वर्षीया Rachelle ले हालसम्म १६ वटा Labubu सङ्ग्रह गरिसकेकी छिन्। उनले भनिन्, “जब म हजुरआमाको घर जान्छु, म आफ्ना दाजुभाइ दिदीबहिनीसँग खेल्छु र उनीहरूकहाँ पनि Labubus छ, त्यसैले हामी घर बनाउँछौं र त्यसलाई हाम्रै बच्चा भनेर अभिनय गर्छौं।”
Labubu को craze ले अस्ट्रेलियामा नयाँ सांस्कृतिक प्रभाव सिर्जना गरिरहेको छ। तर, यसैबीच नकली ‘Lafufus’ ले उपभोक्तालाई झुक्याउने चुनौती पनि थपेको छ। Official PopMart बाट खरिद नगरेसम्म genuine र fake छुट्याउनै गाह्रो भएको छ।
Labubu संगै बढ्दो यो craze अझै लामो समयसम्म रहने देखिन्छ, तर उपभोक्ताहरूले सावधानी अपनाउनुपर्ने आवश्यकता झन् बढ्दै गएको छ।






