Shares बेच्दै हुनुहुन्छ? Capital Gains Tax (CGT) नबिर्सनुहोस् नत्र घाटा पर्न सक्छ!

Advertisement

Shares वा units बेच्ने सोचमा हुनुहुन्छ? त्यसअघि Capital Gains Tax (CGT) कसरी काम गर्छ भन्ने बुझ्न जरुरी छ। यसलाई सही ढंगले नबुझ्दा tax time मा ठूलो सरप्राइज पाउन सकिन्छ। यहाँ Opal Tax and Advisory बाट तपाईंलाई सजिलो मार्गदर्शन:

Capital Gain वा Capital Loss भनेको के हो?

जब तपाईं shares वा units बेच्छु भनेर dispose गर्नुहुन्छ, त्यहाँ capital gain वा capital loss हुने सम्भावना हुन्छ।

Capital Gain → तपाईंले shares किनेको भन्दा महँगोमा बेच्दा हुन्छ।

Capital Loss → तपाईंले shares किनेको भन्दा सस्तोमा बेच्दा हुन्छ।

यो नियम 20 September 1985 पछि किनेको shares मा लागू हुन्छ। तर यदि तपाईंले त्यो मितिभन्दा अगाडि shares किन्नुभएको छ भने, ती सामान्यतया CGT बाट exempt हुन्छन्।

Gain वा Loss कसरी Calculate गर्ने?

Calculate गर्न सजिलो छ:
👉 Cost base र Capital proceeds को बीचको फरक।

Cost base = तपाईंले shares किन्दा तिरेको रकम + brokerage fees, investment adviser fees जस्ता खर्चहरू।

Capital proceeds = shares बेच्दा प्राप्त भएको रकम।

उदाहरण:
यदि तपाईंले 1,000 shares $2.50 मा किन्नुभयो र $50 brokerage तिर्नुभयो भने cost base = $2,550 हुन्छ।
यदि पछि तपाईंले ती shares $3.50 मा बेच्नुभयो र फेरि $50 brokerage तिर्नुभयो भने capital proceeds = $3,450 हुन्छ।
त्यसरी तपाईंको capital gain = $3,450 – $2,550 = $900 हुन्छ।

CGT Discount: 12 महिनाभन्दा बढी राख्नुभयो? 🥳

यदि तपाईं Australian resident individual हुनुहुन्छ र shares बेच्नुअघि 12 महिनाभन्दा बढी राख्नुभयो भने, तपाईंको capital gain मा 50% सम्म discount पाउनुहुन्छ।

उदाहरण अनुसार, $900 को gain हुन्छ भने, 50% discount पछि तपाईंको net capital gain = $450 हुन्छ, जुन तपाईंले tax return मा report गर्नु पर्छ।

Capital Losses को कुरा

यदि तपाईंले shares घाटामा बेच्नुभयो भने, त्यो loss लाई तपाईंको नियमित income (जस्तै salary) मा घटाउन सकिँदैन।

तर यो loss लाई भविष्यको capital gains मा offset गर्न सकिन्छ।

सबै capital losses tax return मा report गर्नुपर्छ, जसलाई अनिश्चितकालसम्म (indefinitely) carry forward गर्न सकिन्छ।

ध्यान दिनुहोस्: तपाईंले अझै own गरिरहेका shares को value घटेको छ भनेर “paper loss” दाबी गर्न मिल्दैन। Loss तब मात्र हुन्छ जब तपाईंले बेच्नुहुन्छ।

राम्रो Record Keeping को महत्व

ATO ले share disposals कडाइका साथ monitor गर्छ। उनीहरूले प्रायः pre-fill गर्छन्, तर तपाईंले cross-check गर्नै पर्छ।

तपाईंले राख्नुपर्ने record:

Purchase र sale receipts (price, date, volume देखाउने)

Brokerage fees

Legal वा adviser fees

यी सबै record तपाईंले shares बेचेको 5 वर्षसम्म राख्नुपर्छ।

हामी तपाईंलाई सहयोग गर्न तयार छौं

Shares मा CGT कहिलेकाहीं जटिल हुन्छ, विशेषगरी तपाईंले फरक-फरक समयमा multiple parcels किन्नुभएको छ भने वा inherited shares वा company mergers जस्ता विशेष केसहरूमा।

👉 Opal Tax and Advisory मा हामी तपाईंको tax obligations सजिलो बनाइदिन र सही financial decision लिन मद्दत गर्न तयार छौं।
यदि तपाईंले यस financial year मा shares बेचेको हुनुहुन्छ भने, report सधैं सही होस् भन्नका लागि आजै सम्पर्क गर्नुहोस्!

  • – Amrit Sharma
spot_img