घाटापछि Domino’sको मेनुमा ठूला बदलाव

spot_img

अष्ट्रेलियाको सबैभन्दा ठूलो पिज्जा चेन Domino’s Pizza Enterprises ले करिब २० वर्षपछि पहिलोपटक घाटा ब्यहोरेको छ। २०२४–२५ आर्थिक वर्षमा कम्पनीले करबाहेकको शुद्ध नाफा (net profit after tax) मा $3.7 million घाटा देखाएको हो।

कम्पनीको अवस्था

Domino’s हाल अष्ट्रेलिया, न्यूजिल्यान्ड, एशिया र युरोपमा गरेर ३८०० भन्दा बढी स्टोर सञ्चालनमा ल्याइरहेको छ। तर पछिल्लो वर्षमा कम्पनीको आम्दानी घट्दा शेयरधनीलाई वितरण गरिने लाभांश (dividend) पनि घटेको छ। गत वर्ष 50.4 cents रहेको लाभांश यसपटक घटेर 21.5 cents मा सीमित भएको छ।
त्यस्तै, चेनभरि ब्याज र कर अघि आम्दानी (Earnings Before Interest and Tax) पनि ४.६ प्रतिशतले घटेर $198.1 million मा पुगेको छ।

व्यवस्थापनको प्रतिक्रिया

कम्पनीका कार्यकारी अध्यक्ष ज्याक कोविन (Jack Cowin), जो अष्ट्रेलियाका प्रख्यात फास्टफुड व्यवसायी तथा Hungry Jack’s का संस्थापक समेत हुनुहुन्छ,उहाँले घाटापछि ठूला सुधार गर्ने योजना सार्वजनिक गर्नुभएको छ।
उहाँले विशेषगरी डोमिनोजका विभिन्न छुट र अफरहरू कटौती गर्ने र यसको सट्टा “ग्राहकलाई स्पष्ट र सस्तो मूल्यमा पिज्जा उपलब्ध गराउने” रणनीति अघि सार्नुभएको छ ।

कोविनले भन्नुभयो, “ग्राहकलाई कहिलेकाहीँ छुटबारे प्रस्ट जानकारी हुँदैन – ५० प्रतिशत छुट भनेको कुन मूल्यमा आधारित हो भन्ने नबुझिने समस्या छ। अब हामी स्पष्ट मूल्य र गुणस्तरीय उत्पादन दिनेछौं।”

नयाँ रणनीति

Domino’s ले आफ्नो अन्तिम वर्ष समीक्षा (end-of-year release) मा मेनु संरचना घटाउने र उत्पादन गुणस्तरलाई अझ सुधार गर्ने योजना अघि सारेको छ।

spot_img
  • मेनु घटाएर उत्पादन र संचालन सहज बनाइने
  • लागत कटौती गरी बचतलाई फ्रेन्चाइज पार्टनरलाई सहयोग र मार्केटिङमा लगानी गर्ने
  • गुणस्तर सुधारेर ग्राहक सन्तुष्टि बढाउने

कोविनले भन्नुभयो, “हामी कम्पनीलाई अझ चुस्त र प्रभावकारी बनाउन चाहन्छौं। जब हामी सफलता पाउँछौं, त्यसको प्रतिफल ग्राहक, पार्टनर र शेयरधनी सबैसँग बाँड्नेछौं।”

बजारको स्थिति

अष्ट्रेलिया र न्यूजिल्यान्डमा भने डोमिनोज अझै बलियो स्थितिमा रहेको छ र गत आर्थिक वर्षमा रेकर्ड नाफा कमाएको छ।
एशियामा ताइवान, मलेसिया, कम्बोडिया र सिंगापुरमा वृद्धि देखिएको छ भने युरोपमा जर्मनी र बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड्स, लक्जेमबर्ग) क्षेत्रमा राम्रो प्रगति भएको कम्पनीले जनाएको छ।

तर फ्रान्स र विशेषगरी जापानमा भने चुनौती बढिरहेको छ। जापानमा मात्र कम्पनीले सयौँ स्टोर बन्द गर्नुपरेको छ, जसका कारण समूहव्यापी पुनर्संरचनामा $162.3 million को एकमुष्ट खर्च (one-off expenses) मध्ये $118.4 million जापानमै खर्च भएको छ।

२० वर्षपछि आएको घाटापछि डोमिनोजले आफ्नो व्यापार मोडललाई पुनः परिभाषित गर्दै स्पष्ट मूल्य, गुणस्तरीय उत्पादन र संरचनात्मक सुधारलाई प्राथमिकता दिने जनाएको छ। कम्पनीले यसलाई दीर्घकालीन स्थायित्व र बजारमा पुनः सशक्त उपस्थिति कायम राख्ने अवसरका रूपमा लिएको छ।

spot_img