
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न अवसर प्राप्त हुने भएकाले मन उत्साहित रहनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिन सक्छ । आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले फाइदा मिल्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । व्यापारमा प्रशस्त लाभ हुनेछ । काममा प्रेरित गर्ने सहयोगीहरू भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट भोजनको आनन्द पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुराना समस्याले झमेला आइलाग्न सक्छ । दाम्पत्य जीवनमा शंका र असमझदारी बढ्न सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ । काम बिग्रने डरले सताउनेछ । बेसुरमा बचन दिनाले समस्या आउन सक्छ । पशुपालन वा कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोस् । तर, विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पहिलेका सफलताले थप हौसला दिनेछ । मेहनतले जीवनशैलीमा सुधार आउनेछ । तर आलोचकहरूको संख्या बढ्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतका साथ काम गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । टाढिएका परिवारजनसँग भेटघाट हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम सम्बन्ध प्रगाढ बन्न सक्छ । भेटघाटले दिन रमाइलो बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रो हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । वैदेशिक कामकाजमा फाइदा हुनेछ । मनको डर उत्साहमा बदलिनेछ । टाढाको यात्रा गर्ने अवसर आउन सक्छ । मन मिल्ने साथी भेटिए पनि भाव प्रकट गर्न उपयुक्त समय पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । दैनिकीमा सुधार आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लागेपनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक दौडधुपमा समय बित्न सक्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्नु उपयुक्त हुनेछ । आर्थिक कारोबारमा सजग रहनुहोस् । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच सल्लाह नमिल्न सक्छ । अनुकूल स्थानान्तरण वा टाढाको यात्राको सम्भावना छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम र मित्रताको बन्धन कसिनेछ । दीर्घकालीन फाइदा दिने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान प्राप्त हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने उपयुक्त समय हो । साझेदारीमा पनि फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम देखाएर विशेष उपलब्धि हासिल गर्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । व्यवसायमा राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । बोलीको प्रभावले लाभ लिन सकिनेछ । मेहनतले धेरै काम बनाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोस् । पहिलेका कर्मको प्रतिफल पाइनेछ । कामको चाप कम भई फुर्सद पाइनेछ । तर फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्ने र आर्थिक अभाव समेत देखा पर्ने सम्भावना छ । अध्ययनमा पछि परिने योग भएकाले सचेत रहनुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको भरमा काम बन्न सक्छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर मिल्नेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने कोसिस गरेपनि अरूको हातमा पुगेको अवसर जोगाउन सकिनेछ ।
