सुनको मूल्य तोलामा घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो।

    त्यसैगरी चाँदीको सुन पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँका दरले किनबेच भएको थियो।

      spot_img