Perth र Pilbara क्षेत्र मा खस्राका (Measles) देखिएपछि FIFO workers लाई खोप लगाउन आग्रह

spot_img

पर्थ । पश्चिमी अष्ट्रेलियामा खस्राका (Measles) नयाँ केसहरू देखिएपछि स्वास्थ्य अधिकारीहरूले fly-in-fly-out (FIFO) workers लाई खोप लगाउन आग्रह गरेका छन्।

हालै Perth र Pilbara regions मा खस्राका दुई नयाँ केस पुष्टि भएपछि यो चेतावनी जारी गरिएको हो। गत महिना तीन जना संक्रमित भेटिएपछि WA Health ले खस्राका विषयमा सतर्कता जारी गरेको थियो।

अपडेटेड WA Health Alert अनुसार नयाँ Exposure sites सार्वजनिक गरिएको छ, जसमा Perth Airport, Newman Airport र Denpasar Airport in Bali, Indonesia समेत समावेश छन्। साथै, Perth र Bali बीच सञ्चालन भएका प्रभावित flights को सूची पनि सार्वजनिक गरिएको छ। ती उडानमा रहेका यात्रुहरूलाई खस्राका (Measles) लक्षण देखिएमा सतर्क रहन र स्वास्थ्य परीक्षण गर्न आग्रह गरिएको छ।

स्वास्थ्य विभागका अनुसार खस्राका लक्षणहरूमा ज्वरो, थकान, खोकी, नाक बग्ने र आँखामा जलन देखिन्छन्। यी लक्षण देखिएको करिब तीनदेखि चार दिनपछि अनुहारबाट सुरु हुने रातो दाग शरीरभरि फैलिन्छ।

Dr Claire Huppertz का अनुसार खस्राविरुद्धको खोप अझै पनि सबैभन्दा प्रभावकारी उपाय भएको बताइन्। उनले भनिन्, “म ३० देखि ६० वर्ष उमेर समूहमा पर्ने सबैलाई आग्रह गर्दछु, चाहे तपाईं कामका लागि वा बिदामा यात्रा गर्दै हुनुहुन्छ, खस्राको खोप लगाएको सुनिश्चित गर्नुहोस्। खोप १९६५ पछि जन्मिएका सबैका लागि निःशुल्क उपलब्ध छ, उच्च सुरक्षा दिन्छ र समुदायमा रोग फैलिनबाट रोक्छ।”

उनले थपिन्, “Measles खस्रा अत्यन्तै संक्रामक छ र पश्चिमी अष्ट्रेलियाका खानी क्षेत्रमा कार्यरत गैर–प्रतिरक्षित व्यक्तिहरूका लागि अझै जोखिम रहिरहेकाले विशेष सावधानी आवश्यक छ।”

सरकारी तथ्यांकअनुसार, यस वर्ष जनवरीदेखि मेसम्म अष्ट्रेलियामा ७७ जनामा खस्राका (Measles) केस पुष्टि भएका छन्। तीमध्ये धेरैले खोप नलगाएका थिए, र विदेश यात्रापछि संक्रमण भित्रिएको तथ्यले खोपकै कमी अझै ठूलो चुनौती रहेको स्पष्ट देखाएको छ।

Advertisement