Sydney Harbour Bridge मार्फत हुने pro-Palestine प्रदर्शन रोक्ने तयारीमा प्रहरी

spot_img

सिड्नी — न्यू साउथ वेल्स (NSW) प्रहरीले यस आइतबार Sydney Harbour Bridge मार्फत pro-Palestine protesters ले गर्न लागिएको रयालीलाई अवरुद्ध गर्ने तयारी गरेको छ। प्रहरीले सार्वजनिक सुरक्षालाई जोखिममा पार्ने भन्दै सो ¥यालीलाई अनुमति नदिने प्रष्ट पारेको छ।

गाजामा भोकमरी संकट अझ गहिरिँदै गएको सन्दर्भमा Palestine Action Group ले करिब १०,००० मानिसलाई सहभागी गराई पुलमार्फत ¥याली निकाल्ने आवेदन दिएको थियो। आयोजकहरूले यस ¥यालीले गाजाको अवस्थाबारे सचेतना जगाउने र अन्तर्राष्ट्रिय समुदायलाई दबाब सिर्जना गर्ने बताएका छन्।

तर, NSW प्रहरीका कार्यवाहक उप–आयुक्त पिटर म्याककेन्नाले पुलमार्फत ¥यालीलाई अस्वीकार गर्दै भने,
“हामी यस आइतबार पुलमार्फत हुने सार्वजनिक सभा सहज बनाउन सक्दैनौं। यो सहरको महत्वपूर्ण पूर्वाधार भएकाले यसलाई अवरुद्ध गर्नु आपतकालीन सेवा र हजारौं सवारी साधनमा ठूलो असर पार्छ।”

उनका अनुसार, यदि आयोजकहरूले पुलमार्फत ¥याली गर्न आग्रह जारी राखे भने, प्रहरीले यो विषयलाई सुप्रिम कोर्टसम्म पुर्‍याउनेछ।

आयोजकको अडान

यद्यपि, आयोजक Palestine Action Group का प्रवक्ता जोश लिजले भने,
“यदि सरकारले वा प्रहरीले हामीलाई रोक्न चाहन्छ भने सुप्रिम कोर्ट जानुपर्छ। आवश्यक परे हामी कानूनी लडाइँका लागि तयार छौं।”

spot_img

ऐतिहासिक दृष्टान्त

सन् २००० मा करिब २.५ लाख मानिसले मेलमिलापको समर्थनमा सो पुलमार्फत ¥याली गरेका थिए। यस्तै, सन् २०२३ मा होलिवुड फिल्म ‘Fall Guy’ को छायांकन र World Pride जस्ता कार्यक्रम पनि यही पुलमार्फत सम्पन्न भएका थिए। तर ती कार्यक्रमहरू महिनौँको तयारी र पर्याप्त स्रोत–साधन जुटाएर मात्रै सम्भव भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

वैकल्पिक प्रस्ताव

NSW प्रहरीले आयोजकहरूसँग वैकल्पिक मार्ग र समयबारे छलफल गरेको र अघिल्ला १०० भन्दा बढी प्रदर्शन सहज बनाउन सहयोग गरेको दाबी गरेको छ।
म्याककेन्नाले थपे,
“हामीले उनीहरूलाई निष्पक्ष अवसर दिएका छौं। तर हाम्रो प्राथमिकता भनेको जनसुरक्षा र प्रहरी सुरक्षामै केन्द्रित हुन्छ।”

यसरी, सिड्नी हार्बर पुलमार्फत हुने प्रोप्यालेस्टाइन रयाली अब अदालतसम्म पुग्ने सम्भावना बढेको छ।

spot_img