बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

spot_img

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको छ ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    spot_img