अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिन थप कडाई गर्दै

अष्ट्रेलियाले आफ्नो अध्यागमन प्रणालीमा सुधार गर्ने नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रक्रियामा कडाइ गर्ने योजना बनाएको छ। पर्यटक भिसालाई विद्यार्थीमा परिवर्तन गर्ने नीति अब बन्द गरिएको अध्यागमन विभागले घोषणा गरेको छ।यसले विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अष्ट्रेलियाको आफ्नो बसाइलाई केही समय लम्याउने रहरमा भने वाधा पर्ने छ । ‘भिसा हपिङ’ मा प्रतिबन्ध लगाउन यस्तो कदम चालिएको विभागले जनाएको छ। गत वर्षको मध्यदेखि यस वर्षको मे महिनासम्म पर्यटकबाट विद्यार्थी भिसामा परिणत हुन आवेदन दिनेको संख्या ३६ हजार पुगेको अवस्थामा यो कदम चालिएको हो।

यसका साथै अष्ट्रेलियामा पर्यटक वा कलाकारका रूपमा भ्रमण भिसामा आउने विदेशी नागरिक र यहाँको अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा (टिआर) मा रहेका विदेशी नागरिकले पुन: विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएको छ।

गत वर्षको अन्त्यदेखि नै अस्ट्रेलियाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भिसामा निकै कडाई गर्ने नीतिहरू ल्याएको छ। आगामी दुई वर्षभित्र आप्रावशीको संख्या हालको सङ्ख्याको भन्दा तल झार्ने लक्ष्य राखिएको छ।

गत महिना अस्ट्रेलियाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि वित्तीय प्रमाण स्वरूप अस्ट्रेलियन डलर २९, हजार ७१० मा बढाएको छ जुन पहिलेको तुलनामा २०% बढी हो। अध्ययनको लागि अस्ट्रेलिया विश्वको सबैभन्दा लोकप्रिय गन्तव्य हो। गतवर्ष यसको कुल आय अस्ट्रेलियन डलर ३६ दशमलव ४ अर्ब थियो। यस वर्षको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियामा ७ लाख ४० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरु थिए।

त्यसैगरी गृह मामिला र साइबर सुरक्षा मन्त्री क्लियर ओनीलले आफ्नो वेबसाइटमा लेख्दै हामीले विरासतमा पाएको माइग्रेसन प्रणाली पूर्ण रूपमा भत्केको थियो र हाम्रो लक्ष्य अस्ट्रेलियाका लागि काम गर्ने सानो राम्रो योजनाबद्ध थप रणनीतिक आप्रवासन प्रणाली निर्माण गर्ने हो। त्यसैगरी अस्थायी स्नातक भिसावाहकहरूले अनसोर विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन् विभागले भनेको छ।