बालबालिका सुरक्षाका लागि अष्ट्रेलियामा राष्ट्रिय रजिस्टर निर्माणको तयारी : शिक्षा मन्त्री क्लेयर

spot_img

मेलबर्न — अष्ट्रेलियाको मेलबर्नस्थित एक childcare centre मा कार्यरत कर्मचारीमाथि गम्भीर यौन दुव्र्यवहारको आरोप लागेपछि बालबालिका सुरक्षासम्बन्धी विषयमा राष्ट्रिय तहमा व्यापक बहस सुरु भएको छ।

२६ वर्षीय जोशुआ डेल ब्राउनमाथि आठ बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा ७० वटा आपराधिक मुद्दा दायर गरिएको छ। उक्त घटनापछि करिब २,००० बालबालिकालाई संक्रमण परीक्षण गरिने सरकारी निर्णयले स्थिति थप संवेदनशील बनाएको छ।

पछिल्लो तथ्यांकअनुसार, ब्राउनले मेलबर्नका थप पाँच childcare केन्द्रहरूमा पनि काम गरिसकेको पुष्टि भएपछि अनुसन्धान तीव्र बनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै G8 Education लगायतका प्रदायक संस्थाहरूले बालबालिकाका अभिभावकहरूलाई जानकारी गराएका छन्।

बालबालिकाको सुरक्षामा सरकारको प्रतिबद्धता व्यक्त गर्दै अष्ट्रेलियाका शिक्षा मन्त्री जेसन क्लेयरले राष्ट्रिय स्तरमा childcare sector का कर्मचारीहरूको रजिस्टर निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने घोषणा गरेका छन्। पत्रकारहरूसँग बोल्दै उनले भने, “यदि हामीले यो प्रणाली सही तरिकाले बनायौं भने, गलत नियतले स्थान परिवर्तन गर्ने कर्मचारीहरू पहिचान गर्न सहज हुनेछ।”

क्लेयरले संसदको आगामी अधिवेशनमा बालबालिका सुरक्षासम्बन्धी कानुनी सुधार अघि बढाइने जानकारी गराएका छन्। प्रस्तावित सुधारहरूमा गुणस्तर मापदण्ड पूरा नगर्ने childcare केन्द्रहरूको सरकारी सहायता कटौती समेत समावेश गरिनेछ।

spot_img

सार्वजनिक चासोको विषय बनेको यस घटनापछि केही समूहले childcare क्षेत्रमा पुरुषको सहभागिता प्रतिबन्धित गर्नुपर्ने माग उठाए पनि, मन्त्री क्लेयरले यस प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले स्पष्ट रूपमा भने, “पुरुषलाई childcare sector बाट पूर्ण रूपमा हटाउनु समाधान होइन।”

क्लेयरले यसबारे राष्ट्रिय बाल सुरक्षा समीक्षा तथा संस्थागत यौन दुर्व्यवहारसम्बन्धी रोयल कमिशनले पनि पुरुषमाथि प्रतिबन्धको सिफारिस नगरेको उल्लेख गरे। उनले भने, “हामीलाई थाहा छ के गर्नुपर्छ — राष्ट्रिय रजिस्टर बनाउने र अनिवार्य सुरक्षा तालिम दिने।”

उनले childcare केन्द्रहरूमा कार्यरत अधिकांश कर्मचारीहरू इमानदार र समर्पित रहेको उल्लेख गर्दै थपे, “हाम्रा केन्द्रहरूमा कार्यरत ९९.९ प्रतिशत मानिस मेहनती र बालबालिकाको हितका लागि समर्पित छन्। उनीहरूलाई उचित तालिम दिनु र गलत नियत भएका व्यक्तिहरूको समयमै पहिचान गर्नु नै हाम्रो प्राथमिकता हो।”

सरकारले यस घटनालाई चेतावनीको रूपमा लिँदै childcare sector मा पारदर्शिता, उत्तरदायित्व र सुरक्षालाई केन्द्रमा राख्दै कानुनी र प्रशासनिक सुधारहरू अघि बढाउने तयारी गरेको छ। प्रस्तावित सुधारहरू कार्यान्वयनमा आएमा अष्ट्रेलियाको childcare प्रणाली थप सुरक्षित र उत्तरदायी हुने विश्वास गरिएको छ।

Advertisement