असार ३१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक कार्यमा सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन हो । मनमा धार्मिक वा आध्यात्मिक विषय प्रति आकर्षण बढ्नेछ । प्रेम र पारिवारिक सम्बन्धमा मिठास आउनेछ । मेहनत अनुसार परिणाम पाइनेछ, परिश्रम नगरी भाग्यमा मात्र भरोसा राख्नु हुदैन ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहकर्मी तथा मित्रसँग सहकार्यमा सफलता मिल्नेछ । दबाबमा गरिएका निर्णयले पछुतो हुने सम्भावना छ, त्यसैले धैर्यपूर्वक सोचेर निर्णय गर्नुहोस् । मनमा सृजनशील विचार आउनेछन् । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुख सुविधा तथा भौतिक सामाग्रीमा खर्च बढ्न सक्छ । नयाँ लगानी वा व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने साझेदारीमा भन्दा एक्लै अघि बढ्नु उपयुक्त हुनेछ । दाम्पत्य सम्बन्ध बलियो बन्नेछ । विद्यार्थीले मेहनत अनुसार सफलता पाउने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिनमा अहंकार र घमण्डले सम्बन्धमा असर पार्न सक्छ । बहस, विवाद वा वादविवादमा संलग्न हुनुभन्दा शान्त रहनु राम्रो हुनेछ । आफ्नो काम प्रति लगाव बढ्नेछ । समय र श्रमको मूल्य बुझेमा उपलब्धि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जोखिमयुक्त कार्य टार्नु राम्रो हुनेछ । साथीभाइ वा प्रतिद्धन्द्वीले तपाईंको कमजोरी देखाउने प्रयास गर्न सक्छन् । तर, आत्मबल र आत्मविश्वासका साथ अघि बढेमा सफलता पाउने सम्भावना बलियो छ । आर्थिक कारोबारमा सतर्क रहनुहोस् ।

spot_img

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक वातावरण केही चञ्चल हुन सक्छ। व्यापारिक क्षेत्रमा विशेष लाभ हुने सम्भावना छ, विशेष गरी कृषि, फलफूल वा रत्न व्यवसायमा । विद्यार्थी वर्गका लागि आजको दिनमा मनोबल उच्च हुनेछ । सामाजिक व्यवहारमा सावधानी अपनाउनु उपयुक्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक काम वा अनावश्यक छलफलले समय खेर जान सक्छ । कामको चाप बढे पनि संयमित रहनुहोस् । प्रेम सम्बन्धमा केही मतभेद आउन सक्नेछ । नयाँ साथी वा सम्बन्ध बन्ने सम्भावना छ । परोपकारी कार्यप्रति मन आकर्षित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक आवश्यकता वा आकस्मिक खर्चले केही धन खर्च गर्नुपर्ने हुन सक्छ । व्यवहारमा सुधार ल्याउनु पर्ने समय हो । अध्ययन, अभिव्यक्ति तथा बोलचालमा सहजता आउनेछ । तर फुर्सदको समयमा ध्यान भंग हुने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्लेषण र आत्मसुधारको दिन हो । कल्पनामा रमाउने भन्दा कार्यमा लागेमा राम्रो नतिजा पाइनेछ । उच्च पदस्थ व्यक्तिहरूसँग सम्बन्ध बलियो बन्ने सम्भावना छ । नयाँ कार्य योजना बनाउन अनुकूल समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक र दाम्पत्य सम्बन्धमा केही असमझदारी आउन सक्छ । अनावश्यक तनाव लिनुभन्दा संवाद बढाउनु उपयुक्त हुनेछ । खर्च नियन्त्रणमा राख्नु राम्रो हुन्छ । लगानीको निर्णयमा धैर्यता अपनाउनु बुद्धिमानी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
योजना अनुसार काम अघि बढ्नेछ । सहकर्मी वा पार्टनरसँग सहकार्यमा सफलता मिल्ने सम्भावना छ । रमाइलो यात्राको अवसर बन्न सक्छ । घर जग्गा वा सम्पत्ति सम्बन्धी कार्यमा लाभ पाउने संकेत छ । आत्मबल उच्च रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्यभन्दा कर्ममा विश्वास गर्नुहोस् । अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ । पद, प्रतिष्ठा वा सम्मान बढ्नेछ । मान्यजनको आशीर्वादले नयाँ मार्ग खुल्नेछ । दिनको उत्तरार्ध लाभदायक रहनेछ ।

spot_img