एनआरएन अष्ट्रेलियाले सिडनीमा आफ्नै भवनको स्थापना गरे

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले (एनआरएनए) सिडनीमा आफ्नो कार्यालय स्थापना गरेको छ। उक्त भवन लाई ५ लाख८८ हजार डलरमा खरिद गरिएको छ।
यसको उद्घाटनमा new south wells का प्रिमियर क्रिस मिन्सले सहभागी भएका थिए।एनआरएनए अस्ट्रेलियाले भवनमा आफ्नो प्रशासनिक कार्यहरूलाई सञ्चालन गर्ने योजना बनाएको छ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि को रूपमा न्युज साउथ वेल्सका प्रिमियर मिन्सले नेपाली समुदायको खुलेर सरहाना गरेका थिए। न्यू साउथ वेल्सका प्रिमियरले नेपाली समुदायको प्रशंसा गर्दै अस्ट्रेलियालाई आफ्नो घर बनाउन सफल सबै नेपालीहरूलाई बधाई समेत दिँदै अस्ट्रेलियामा नेपालीको पहिचान मेहनती र कर्मट समुदायका रूपमा रहेको बताए का िथए।

अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले कार्यक्रममा सबै नेपालीका लागि यो गर्वको विषय भएको र एनआरएनए अस्ट्रेलियासँग विगत झैँ हातेमालो गर्दै काम गर्न Nepal सरकार र नेपाली दूतावास प्रतिबद्ध रहेको बताएका थिए।
एनआरएनए का अध्यक्ष अनिल पोखरेलले पनि एनआरएन यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।