असार ६, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी गितेन्द्र बाबु (जीबी) राई मलेसियामा कहाँ लुकेर बसेका छन भन्नेबारे लोकेशन पत्ता लागिसेकेको बताएका छन् ।श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए ।
बुधबार पत्रकारहरुसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताए ।जीबी राईको विषयमा तीन दिन अघि मात्र मलेशियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भएको लामिछानेले बताए ।
राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।
नेपालले राईमाथि नेपालमा लागेका आरोप, उनलाई पक्राउ गर्न इन्टरपोलबाट जारी भएको सूचना सहितका विवरण मलेशियालाई पठाएपनि उनी मलेसियामा रहे वा नरहेको आधिकारिक जानकारी समेत मलेसियाले नेपाललाई गराएको छैन ।






