
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको आगामी कार्यकाल (२०२५–२७) का लागि हुने निर्वाचनमा ‘Team Ekata NSW: For Change’ ले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ। परिवर्तनको एजेन्डा, समावेशी नेतृत्व र जवाफदेही संस्थागत संरचनाको प्रतिबद्धता सहित समूहले आफ्नो अभियान सुरु गरेको हो।
समूहको नेतृत्व सामाजिक क्षेत्रमा सक्रिय, स्पष्टबक्ता र अनुभवी समाजसेवी उषा किरण बारिया पोखरेलले गर्दैछिन्। पोखरेलले राज्य संयोजक पदका लागि उम्मेदवारी दिएकी हुन्। उनी लामो समयदेखि महिला, युवा तथा परिवारसँग प्रत्यक्ष सरोकार राख्दै प्रवासी नेपाली समुदायको हितमा कार्य गर्दै आइरहेकी छन्।
विद्यालय जीवनदेखि नै नेतृत्व क्षमताको अभ्यास गर्दै आएकी पोखरेल नेपाली समुदायमा निडर, कर्मशील र सत्यनिष्ठ व्यक्तित्वको रूपमा चिनिन्छिन्। उनी सामाजिक उत्तरदायित्वप्रति सजग, सहभागितामूलक नेतृत्वको पक्षधर र सेवा भावनासहित समाज रूपान्तरणमा समर्पित छिन्।
उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले भनिन्,
‘हामी सँगै हिँड्यौं भने मात्रै उठ्न सक्छौं। नेतृत्वको मूल आधार सेवा हो, पद होइन।’
उनको भनाइले नेतृत्वको चरित्र र उद्देश्यप्रति स्पष्ट दृष्टिकोण प्रतिबिम्बित गरेको देखिन्छ।

Team Ekata NSW ले ‘परिवर्तनका लागि एकता’ भन्ने मूल नारालाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। समूहले एनआरएनएलाई अझ समावेशी, पारदर्शी, जवाफदेही र समुदाय–मैत्री बनाउने लक्ष्य लिएको छ।
समूहले आगामी कार्यकालमा निम्न विषयमा प्राथमिकता दिने जनाएको छः
- प्रवासी नेपालीको हकहित संरक्षण
- महिला र युवाको सशक्त सहभागिता
- पारदर्शी आर्थिक तथा निर्णय प्रक्रियाको प्रत्याभूति
- सामाजिक, सांस्कृतिक र पेशागत सञ्जाल सुदृढीकरण
- संस्थागत संरचनामा जवाफदेहिता र स्थायित्व
Team Ekata NSW का उम्मेदवारहरूको सूची यसप्रकार छः
- उषा किरण बारिया पोखरेल – राज्य संयोजक
- चण्डिका ओली ओदारी – उप–संयोजक
- प्रताप पन्थी – सचिव
- बिजय घिमिरे – संयुक्त सचिव
- अनिल त्वनाबासु – कोषाध्यक्ष
- रमेश सिंह – युवा संयोजक
- सनीता लामा – महिला संयोजक
एनआरएनए एनएसडब्लु निर्वाचनमा नेतृत्व परिवर्तन र संस्थागत सुधारको चाहना बोकेका मतदाताका लागि Team Ekata NSW एक स्पष्ट वैकल्पिक विकल्पका रूपमा प्रस्तुत भएको छ। समूहले समावेशिता, समानता र सेवा भावनालाई अभियानको मूलमन्त्र बनाएको जनाइएको छ।
सम्पूर्ण उम्मेदवारहरू अनुभव, इमानदारी र प्रतिबद्धता सहित प्रवासी नेपाली समुदायको हितमा काम गर्न तत्पर रहेको समूहको भनाइ छ।
