काठमाडौं — नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार प्रति तोला ८०० रुपैयाँले सुनको मूल्य घटेको हो।
महासंघले दिएको जानकारी अनुसार, आज छापावाल सुन प्रति तोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि सोहि अनुपातमा घटेको अनुमान गरिएको छ। पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा चाप देखिएको सन्दर्भमा नेपाली बजारमा पनि यसको असर परेको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। शुक्रबार चाँदीको मूल्य प्रति तोला २ हजार १५० रुपैयाँ तोकिएको छ। बिहीबारको मूल्य २ हजार २०० रुपैयाँ रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्व बजारमा भइरहेको मूल्य उतारचढाव, डलरको भाउ, तेलको मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावजस्ता कारणले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेको छ।
बजार विश्लेषकहरूका अनुसार, आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा चाप रहने सम्भावना रहेको छ। उपभोक्ताहरूलाई मूल्यको जानकारी लिँदै खरिद गर्न महासंघले अनुरोध गरेको छ।
