अस्ट्रेलियाको एक नया प्रस्ताव अनुसार सरकारको नियन्त्रित बजारमा कोकिन बिक्री गर्न सकिने

अस्ट्रेलियाको एक नया प्रस्ताव अनुसार सरकारको नियन्त्रित बजारमा कोकिन बिक्री गर्न सकिने र अवैध लागुऔषधलाई मदिरा जत्तिकै सजिलै उपलब्ध गराउन सकिनेछ। यो प्रस्तावले कोकिनलाई सरकारको नियन्त्रणमा राखी बिक्री गर्ने योजना अघि सारेको हो।

UN office को Drugs र Crime 2023 को रिपोर्ट अनुसार, अष्ट्रेलिया र न्युजिल्याण्डमा विश्वव्यापी रूपमा सबैभन्दा बढी कोकेन प्रयोग भएको र लागूऔषधको आपूर्ति र माग दुवै बढ्दै गएको देखाएको छ।

कोकेन प्रयोग भने अष्ट्रेलियामा एउटा महत्त्वपूर्ण समस्याको रुपमा रहेको छ । 2022 को नेशनल westwater Drugs मोनिटरिङ प्रोग्राम रिपोर्ट ले सिडनीमा सबै भन्दा बडि कोकिन प्रयोग भएको र औषत प्रति दिन प्रति1,000 ब्यक्तिहरुमा 800 मिलि ग्राम कोकेनको प्रयोग भएको पाइएको थियो। यसै गरि ब्रिस्बेन र मेलबर्नमा औसतमा प्रतिदिन प्रती 1,000 जना 450 मिलिग्राम लागूऔषधको प्रयोग गरेको प्रतिवेदनले देखाएको थियो।

NSW Greens का सांसद र केट फियर्मेन ले अष्ट्रेलियाको कडा औषधि नीतिहरूले प्रत्येक वर्ष करदाताहरूलाई अरबौको नोक्सानी भईरहेको अवस्थामा लागूऔषधको प्रयोग रोक्न देशको प्रयासको बावजुद, अष्ट्रेलियामा हरेक वर्ष 3.3 मिलियन झोला कोकिन अझै पनि कालो बजारमा खरिद बिक्री गर्ने गरिन्छ।
फेयर मेनका अनुसार, “कोकेनको प्रयोग अनि आपूर्ति पनि बढिरहेको छ र हामी मानिसहरूलाई कोकिन प्रयोग गर्नबाट रोक्न सक्दैनौं।”

NSW मा यदि कसैले कोकिन प्रयोग गरेको पाइएमा उक्त ब्यक्तिलाइ फाइन लिएर छोड्ने अथवा नियन्त्रण मा लिएर आवस्यक कार्वाही गर्ने अधिकार स्थानीय प्रहरिलाइ रहेको छ। फेयर मेनले थप जान्कारी गराउदै पछिल्लो समय कोकिन को प्रयोग अस्ट्रेलिया भरनै बड्दै गएको र यस्तै खाल्को अवस्था१९१०र १९२० मा पनि अल्कोहल लाइ इलिगल गर्दा आएको थियो फलस्वरूप अत्यधिक घातक र विशालु अल्कोहलहरु कालोबजारी मर्फत अस्ट्रेलियन क्मुनिटीमा व्यापक पाइएको थियो । त्यसैले हामिले पनि इलिगल ड्रग कोकिन को बारेमा सोच्ने बेला आइसकेको छ।

NSW स्पेसल कमिसन ओफ इन्कुवयेरी का प्रोफेसर होवर्ड का अनुसार डिकृमिन्लाइजेसन भने को ड्र्ग लिगल भएको होइन यदि कसैले ड्र्ग प्रयोग गरिहेकोको पाइएमा त्यस ड्र्ग्लाइ नियन्त्रणमा लिने र उक्त ब्यक्ति लाई आवस्यक जनचेतना मुलक कोर्सहरु गराइ उनिहरुलाइ ड्र्गहरुको खतराको बारेमा जानकारी गराउनु हो

ACT मा भने पछिल्लो समय २८ अक्टोबर २०२३ देखिनै कोकिन ,हिरोईन क्यानाबिज लगायत अन्य ड्र्गहरुको प्रयोगलाई डिकृमिनलाइज गरिएकको छ।