अस्ट्रेलियाको राजधानी क्यानेबेरामा ‘मीट एन्ड ग्रीट’ कार्यक्रम सम्पन्न

क्यानेबेरा, अस्ट्रेलिया – नेपाली कम्युनिटीको आयोजनामा विक्रम सुबेदीको संयोजकत्वमा अस्ट्रेलियाको राजधानी क्यानेबेरामा आइतबार, १६ जुनका दिन ‘मीट एन्ड ग्रीट’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बिश्व साइकल यात्री अजय प्रसाद मिश्र र भगत खत्रीलाई सम्मान गरिएको थियो। उनीहरूले नेपालको नाम र नेपाली कला, संस्कृति, तथा सम्पदालाई विश्व सामु फैलाउँदै विश्व शान्ति र अनाथ असहाय बालबालिकाहरूको शिक्षाका लागि सन्देश फैलाउने उद्देश्यले २०६१ साल श्रावण १८ गते (२००४ अगस्ट) देखि विश्व साइकल यात्रा गर्दै आएका छन्।

उक्त कार्यक्रममा मिश्रले आफ्नो यो बिश्व यात्रा नेपाललाई चिनाउने उद्देश्यले गरिएको भन्दै, यस यात्रा अझै सफल बनाउन सबैको सक्दो सहयोगको लागि अनुरोध पनि गरे। भक्तपुर, मध्यपुर थिमी नगरपालिका निवासी मिश्र र खत्रीले हालसम्म ११० राष्ट्रको भ्रमण गरिसकेका छन्। जापान हुँदै अस्ट्रेलियाको मेलबर्न, क्यान्बेरा, र सिड्नी भ्रमण पछि न्युजिल्यान्ड, समोआ, टोंगा, फिजी, र भानुआटु जाने तयारी गरिरहेका छन्।

उक्त कार्यक्रममा भगत खत्रीले आफ्नो साइकल यात्राका केही कुरा स्मरण गर्दै अनुभव र यात्रा गर्दै गर्दा भोगेका चुनौतीहरूको बारेमा पनि सुनाए। कार्यक्रममा ANFS, सनातन समाज लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

यस अवसरमा, समाजका विभिन्न अगुवाहरूले उनीहरूको यात्रा सफल बनाउन आर्थिक सहयोग गरेका थिए। कार्यक्रमको अन्त्यमा दुबै विश्व साइकल यात्रीले क्यान्बेरामा रहनु भएका नेपाली कम्युनिटी लाई सक्दो सर सहयोग गर्नुभएकोमा गहिरो खुसी र आभार प्रकट गर्नु भएको थियो र अस्ट्रेलियामा रहनुभएको सम्पुर्ण नेपालीहरु लाई आगामी दिनमा आवश्यक सर – सहयोग गर्नलाई ०४५०६४४०३ मा प्रत्यक्ष सम्पर्क गरि सहयोग गरिदिन हुन अस्ट्रेलिया भर रहेका नेपालिहरुलाइ अनुरोध गर्नुभएको थियो।

त्यसैगरी मीट एन्ड ग्रीट’ कार्यक्रम Golden Moments, Fyshwick मा सम्पन्न भएको थियो।